Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8533 - 8538 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-10, शुक्रवार

अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनले हास्यकलाकारको भूमिका निभाएका छन् । विशाल सापकोटाको डेब्यू निर्देशन रहेको फिल्मको बुधवार सार्वजनिक भएको ट्रेलरलाई फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया मिले पनि दर्शकहरुले भने हलिउड फिल्म ‘जोकर’ को नेपाली भर्सन भन्दै टिप्पणी गरेका छन् । 

एजेन्सी, मुम्बई, 2020-01-10, शुक्रवार

१० जनवरी १९७४ मा जन्मिएका बलिउड सुपरस्टार ऋतिक रोशन शुक्रवारबाट ४६ वर्षका भएका छन् । उनले ६ वर्षको उमेरदेखि आफ्नो अभिनय करिअर सुरुवात गरेका थिए । जसमा उनले स्वर्गीय अभिनेत्री श्रीदेवी र साउथका सुपरस्टार रजनीकान्तको छोराको भूमिका निभाएका थिए । अहिले उनी आफ्नो अभिनय र नृत्यको दमले बलिउडका ठूला स्टार भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-10, शुक्रवार

करीब १८ वर्षसम्म प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर निर्माण भैरहेको फिल्मको एक गीतमा नेपाली फिल्मका चर्चित अनुहारहरुलाई नृत्य गर्दै देख्न पाइने भएको छ । रामकृष्ण ढकाल र मेलिना राइको स्वर रहेको ‘ए जदौ माया जदौ’ गीतमा दर्जन बढी कलाकारहरु नाचेका छन् । गीतमा दिपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-10, शुक्रवार

सन् २०१४ मा गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र सात फिल्म निर्माण गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत ‘होमवर्क’, ‘रोज’, ‘पर्व’ र ‘ठमेल डटकम’ निर्माण र प्रदर्शन भैसकेका छन् । तर, यी कुनै फिल्म सफल नहुँदा गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र सात फिल्म निर्माण गर्ने लक्ष्य पूरा गर्न सकेन । अब भने गोपीकृष्ण मुभिज बाँकी रहेका तीन फिल्म निर्माण गर्न कस्सिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-01-09, बिहिवार

‘प्रेमगीत’ जस्तो दर्शकको मनमा बस्न सफल फिल्म दिएका सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीबार ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-09, बिहिवार

यस वर्षको बैशाखदेखि कात्तिक अन्तिम सातासम्म नेपाली फिल्म प्रदर्शन गर्न निर्माताबीच ठूलै रस्साकस्सी भयो । यो बीचमा ४० भन्दा बढी फिल्म प्रदर्शन भए । तर, ‘दाल भात तरकारी’, जात्रै जात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ ले मात्र लगानी सुरक्षित गरे भने दुई-तीन फिल्म मुनाफाको नजिक पुगे । बाँकी फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउन सकेनन् ।

Results : 8533 - 8538 of 23765
Most Visited News (monthly)