Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8455 - 8460 of 23765
फिल्मीखबर, काठमाडौं, 2020-01-28, मंगलवार

पूर्वीय समाजमा विवाहपछि एक प्रकारले जीवन नै सिद्धिन्छ भन्ने मान्यता छ । पारिवारिक जीवनमा बाँधिएपछि पहिलेको स्वतन्त्रता र रहरलाई जिम्मेवारीले थिच्ने तर्क दिँदै त्यस्तो भनिएको पाइन्छ । त्यसमा पनि महिलाका लागि विवाहलाई करिअरकै समाप्तिको रुपमा समेत परिभाषित गरिन्छ । झन् फिल्म क्षेत्रमा त विवाहित अभिनेत्रीको फ्यान फलोइङ घट्ने र हात खाली हुने बताइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2020-01-28, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2020-01-27, सोमवार

निर्देशक दीपेन्द्र लामा आफ्नो नयाँ फिल्म ‘२ नम्बरी’ मा अघिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने दयाहाङ राई र नयाँ पुस्ताका अभिनेता पल शाहसँग काम गर्दैछन् । करिअरको सुरुवाती दिनदेखि नै फरक-फरक जनराका फिल्म गर्दै आएका यी दुई अभिनेता यो फिल्ममा साथीको भूमिकामा देखिँदैछन् । फिल्मको मूलकथा नै उनीहरुको वरिपरि घुम्ने निर्देशक लामाले बताएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-01-27, सोमवार

यस वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’ मा अभिनेता द्वय दयाहाङ राई र पल शाहसँग अभिनेत्री वर्षा राउतको जोडी बाँधेका छन् । माघ अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । दुई साथीको कथामा बन्ने फिल्मको कथा निर्देशक लामाकै हो । 

एजेन्सी, मुम्बई, 2020-01-27, सोमवार

अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ सिनेमा घरबाट लगभग उत्रिसकेको छ । १० जनवरीमा प्रदर्शनमा आएको यो फिल्म बक्सअफिसमा दुई हप्ता पनि टिक्न सकेन र फ्लप भयो । करीब ३५ करोडको बजेटमा बनेको फिल्मले बक्सअफिसमा मुश्किलले ३४ करोड ३ लाख कमाएको छ । तर, फिल्मले स्ट्रीमिङ राइट्स र म्यूजिक राइट्सबाट २६ करोड कमाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-27, सोमवार

सर्वाधिक सिक्वेलको कीर्तिमान राखेको विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने फिल्मका लागि अहिले निर्देशक आचार्य कलाकार छनोटमा लागेका छन् । फिल्ममा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिएको छ । यसअघि उनीहरुले यही फिल्मको पाँचौ श्रृंखलामा सँगै काम गरेका थिए ।

Results : 8455 - 8460 of 23765
Most Visited News (monthly)