Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8461 - 8466 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-27, सोमवार

नयाँ पुस्ताका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । युट्युबबाट उदाएका उनलाई युट्युबका ‘ट्रेन्डिङ’ गायक समेत भन्ने गरिन्छ । उनले स्वर दिएका हरेक गीतले युट्युब ट्रेन्डिङमा आफ्नो कब्जा जमाउने गरेका छन् । उनका गीतले लाखौं भ्युज र हजारौं प्रतिक्रिया पाउँछन् । नितेशको ‘हाम्रो नेपालमा’, ‘आस्मा’, ‘सिन्धुली गढी’, ‘गफै त हो’, ‘हलन्ते’ लगायत गीत लोकप्रिय छन् ।

एजेन्सी, काठमाण्डौ, 2020-01-26, आईतवार

उत्तरी छिमेकी चीनमा यतिबेला कोरोना भाइरसले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ २५ जनाको मृत्यु भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै नेपाल, अमेरिका, अष्ट्रेलियासम्म फैलिएको छ । कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गएपछि चीनले ७० हजार फिल्म हल बन्द गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-26, आईतवार

अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत फिल्म ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतवार फिल्मको डान्सिङ नम्बरको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-26, आईतवार

सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने अभिनेता हुन्, विपिन कार्की । फिल्म ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को भूमिका निर्वाहा गरेपछि एकाएक लाइमलाइटमा आएका उनी अहिलेका सर्वाधिक डिमान्डेड र व्यस्त अभिनेतामध्ये एक हुन् । जुनसुकै प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनको फिल्म पिच्छे भूमिका र गेटअप फरक-फरक हुने गरेको छ । 

एजेन्सी, मुम्बई, 2020-01-26, आईतवार

‘बाहुबली’ फेम्ड निर्देशक एस राजामौलीको मेगा बजेटको तेलुगू फिल्म ‘आरआरआर’ को छायांकन भैरहेको छ । फिल्ममा तेलुगूका दुई सुपरस्टार जूनियर एनटीआर र रामचरण तेजा प्रमुख भूमिकामा देखिँदैछन् । त्यस्तै, फिल्ममा बलिउड सुपरस्टार अजय देवगनले पनि प्रमुख भूमिका निभाउँदैछन् । उनी फिल्ममा एकपटक फेरि भगत सिंहको भूमिकामा देखिनेछन् ।

Results : 8461 - 8466 of 23765
Most Visited News (monthly)