Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8467 - 8472 of 23765
फिल्मीखबर, काठमाडौं, 2020-01-25, शनिवार

एक्सनमा रुचाइएका अभिनेता सविन श्रेष्ठको नयाँ फिल्म ‘ताकतवर’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा अभिनेता सविनलाई एक्सन अवतारमा देख्न सकिन्छ । सविन र अभिनेत्री महिमा सिलवासको प्रेममा आउने उचारचढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-25, शनिवार
कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार हेटौंडाको एन. एस सिनेमा हलमा च्यारिटी शो गरिएको छ । फिल्मको च्यारिटी शोमा निर्मलाकी आमा दुर्गादेवीसहित फिल्मका कलाकारहरु उपस्थित थिए । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ ।
एजेन्सी, मुम्बई, 2020-01-24, शुक्रवार

बलिउडको सबैभन्दा सफल फिल्मको नाम लिइयो भने ‘सोले’ कहिल्यै छुट्दैन । यो फिल्मको निर्देशन गरेका रमेश सिप्पीको २३ जनवरी अर्थात् आज जन्मदिन हो । जुन फिल्मले दर्शकको मनमस्तिष्कमा स्थान बनाएको छ, उक्त फिल्म बनाउनका उनीसँग पैसा समेत थिएन । वर्षौपछि पनि यसका एक एक क्यारेक्टर, डाइलग र गीत मानिसको दिमागबाट हट्न सकेको छैन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-24, शुक्रवार
प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर ‘सुश्री सम्पत्ति’ फेम्ड निर्देशक सुव्रतराज आचार्यले नयाँ फिल्म बनाउने भएका छन् । यो फिल्मका लागि लिड अभिनेताको पनि टुंगो लागेको छ । फिल्ममा दुई भर्सटायल अभिनेता दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्ने भएका छन् । दुवैसँग फिल्मका लागि सम्झौता भैसकेको छ । 
फिल्मीखबर, काठमाडौं, 2020-01-24, शुक्रवार

फिल्म ‘दि कर्मा’को नयाँ गीत रिलीज भएको छ । माघ १७ गते रिलीज हुने फिल्मको ‘साना साना सपना’ बोलको गीत रिलीज भएको हो जसमा केतन क्षेत्रीको स्वर रहेको छ । मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको गीतका रचनाकार मानस बिक्रम थापा हुन् ।

Results : 8467 - 8472 of 23765
Most Visited News (monthly)