Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8473 - 8478 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-24, शुक्रवार

सन्दिप रेड्डी वांगा निर्देशित तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन निर्माण हुँदैछ । युवा फिल्मस्ले १६ लाख रुपैयाँमा यो फिल्मको नेपाली भर्सनको अधिकार लिएको हो । केही दिन अगाडि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकार खरिद विक्रीको सम्झौता गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-24, शुक्रवार
गएको कात्तिक अन्तिमसम्म नेपाली फिल्मका लागि सोलो रिलिज असम्भव जस्तै थियो । हरेक हप्ताको शुक्रवार एक वा दुईभन्दा बढी फिल्मबीच भिडन्त हुँदै आएको थियो । तर, मंसिर महिनाको सुरुवातसँगै चिसो बढ्न थालेपछि नेपाली फिल्म प्रदर्शन नै हुन छाडे । जसकारण सिंगल हल बन्द हुने अवस्थामा पुगेका थिए भने मल्टीप्लेक्समा विदेशी फिल्मको दबदबा थियो । 
फिल्मीखबर, काठमाण्डौ, 2020-01-23, बिहिवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त छ । मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण असामयिक निधन भएपछि खाली भएको बोर्ड अध्यक्षको पदका लागि नेकपा निकट फिल्मकर्मीहरुको दौडधुप सुरु भएको छ । अध्यक्षका लागि अहिले आधा दर्जन फिल्मकर्मीको नाम चर्चामा छ ।

एजेन्सी, मुम्बई, 2020-01-23, बिहिवार

गत वर्ष ‘वार’ जस्तो ब्लकबस्टर फिल्म दिएका अभिनेता टाइगर श्राफ अहिले आफ्नो नयाँ फिल्म ‘बागी ३’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा उनको जोडी अभिनेत्री श्रद्धा कपूरसँग बाँधिएको छ । यसबीच, फिल्ममा अभिनेता ज्याकी श्राफको पनि प्रवेश भएको छ । ज्याकीका छोरा हुन्, टाइगर । फिल्ममा पनि उनीहरु पिता र छोराको भूमिकामा देखिने बताइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-23, बिहिवार

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनल डिग्री तापक्रममा फिल्मको छायांकन भैरहेको थियो । मंगलवार छायांकन सकिएपछि बुधवार फिल्मको जम्बो टोली काठमाडौं आइपुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-23, बिहिवार

गएको तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कालोपोथी’ ले बक्सअफिसमा सफलताको झन्डा गाँड्न नसके पनि समीक्षात्मक रुपमा भने अब्बल ठहरिएको थियो । विभिन्न फेस्टिभलहरुमा उत्कृष्ट घोषित भएको फिल्ममा अभिनय गरेका दुई बाल कलाकार खड्काराज नेपाली र सुकराज रोकायाको अभिनय र निर्देशक मिन बहादुर भामको निर्देशकीय क्षमताको प्रशंसा भएको थियो । 

Results : 8473 - 8478 of 23765
Most Visited News (monthly)