
मिस नेपालका ताजधारी सुन्दरीहरुले प्रायः ग्ल्यामर फिल्ड रोज्ने गरेका छन् । माल्भिका सुब्बा, मेलिना जोशी, जेनिशा मोक्तान, सृष्टि श्रेष्ठ यसका उदाहरण हुन् । तर, मिस नेपालको ताज जितेका सुन्दरीहरुले नेपाली फिल्ममा खासै राम्रो करिअर बनाउन सकेका छन् । व्यूटी प्याजेन्टबाट जति पनि सुन्दरीहरु फिल्म अभिनयमा आएका छन्, अधिकांश असफल सूचीमा परेका छन् ।

प्रेम दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा स्टारर फिल्म ‘लभ डायरिज’ को अष्ट्रेलिया रिलिज टुंगो लागेको छ । यो फिल्म नेपालसँगै अस्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुने निर्देशक सौरभ चौधरीले जानकारी दिए । ट्रेलर रिलिजपछि विदेशमा फिल्मको माग बढेको उनी बताउँछन् ।

नेपाली फिल्मले विरलै पाउने सोलो रिलिजको अवसर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दि कर्मा’ ले पाएको छ । योसँग बक्सअफिसमा भिड्न अरु नेपाली फिल्म छैनन् । असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापारलाई यो फिल्मले चलायमान बनाउने अपेक्षा गरिएको छ । फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ को एकमात्र गीत सार्वजनिक भएको छ । सरस्वती पूजाको शुभ अवसरमा निर्माण टिमले ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको मनछुने गीत सार्वजनिक गरेको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत छ । गीतको भिडियोमा फिल्मका चल/अचल दृश्य समावेश छन् ।


विगत २ वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा घरजम बसाउने भएका छन् । गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । विवाहको मिति फाइनल भएपछि अहिले यो जोडी विवाहको तयारीमा जुटेको छ ।

