Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8443 - 8448 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-30, बिहिवार

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘दुःखको काँडा’ र ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-30, बिहिवार

‘रामकहानी’ पछि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले लगातार फिल्म गरिरहेका छन् । यस वर्षको कात्तिकमा यी दुई अभिनीत फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको थियो । उनीहरुको नयाँ दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ अर्को वर्ष प्रदर्शनमा आउने सम्भावना छ । योसँगै ‘पुआ’ जोडीलाई फेरि एकपटक दर्शकले पर्दामा हेर्न पाउने भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-30, बिहिवार

एक समयको चर्चित हास्यटेलिसिरियल ‘मेरी बास्सै’ मा ‘सुन्तली’ र ‘फतौरी बुढी’ को चरित्र निभाएपछि आम दर्शकमाझ चिनिएकी कुञ्जना घिमिरे आउँदो फागुन ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सेन्टी भाइरस’ बाट पहिलो पटक सिल्भर स्क्रिनमा देखिँदैछिन् । बाल्यकालदेखि नै ऐना हेरेर भविष्यमा हिरोइन हुने सपना बुनेकी उनको २८ वर्षपछि त्यो सपना साकार भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-30, बिहिवार

आउँदो वर्षको बैशाख १९ गतेलाई फिल्म ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ज्ञानकी देवी सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । मिलन डि. काप्रीको निर्देशन रहेको फिल्मको पोस्टरमा आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधिएको देख्न सकिन्छ । भने, भूईंमा एक व्यक्ति उभिएका छन् । 

एजेन्सी, मुम्बई, 2020-01-29, बुधवार

अभिनेत्री कंगना रनावत, ऋचा चड्ढा र जस्सी गिलको प्रमुख भूमिका रहेको स्पोर्टस् जनरामा निर्मित फिल्म ‘पंगा’ बक्सअफिसमा कमजोर देखिएको छ । प्रदर्शनको पहिलो दिन २ करोड ७० लाख कमाउँदै कमजोर ओपनिङ गरेको फिल्मले शनिवार र आइतवार भने राम्रो व्यापार गरेको थियो । फिल्मले शनिवार ५ करोड ६१ लाख र आइतवार ६ करोड ६० लाख छापेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-29, बुधवार

कलाकारिता हुँदै समाजसेवामा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टारर कमेडी फिल्म ‘सेन्टी भाइरस’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर हेर्दा फिल्म समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको बुझ्न सकिन्छ । ट्रेलरमा केही पञ्चलाइन गजब छन् ।

Results : 8443 - 8448 of 23765
Most Visited News (monthly)