Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भूत भगाउँदै कटरीना, ईशान र सिद्धान्त

एजेन्सी, मुम्बई, 2020/07/20
 
कटरीना कैफ, सिद्धान्त चतुर्वेदी र ईशान खट्टरले एकसाथ काम गर्न लागेको ‘फोन भूत’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हरर कमेडी यो फिल्मको पोस्टरमा तीनै जना कल सेन्टरको वर्करको ड्रेसअपमा देखिएका छन् । फिल्मको पोस्टर शेयर गर्दै कटरीनाले लेखेकी छन्, ‘भूतसँग जोडिएको हरेक समस्याको समाधानको एक दोकान । तपाईंमाझ २०२१ सम्म पुग्नेछ ।’ 
 
फिल्म ‘फोन भूत’ को निर्देशन गुरमीत सिंहले गर्दैछन् । रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्ने यो फिल्मको कथा रवि शंकरनले लेखेका छन् । फिल्मको छायांकन २०२० को अन्तिममा सुरु हुनेछ । फिल्मको रिलिज भने २०२१ मा गरिँदैछ । यो फिल्मको घोषणा २ वर्ष अगाडि नै भएको थियो । कटरीना, सिद्धान्त र ईशान तीनै जना फिल्मलाई लिएर निकै उत्साहित छन् । 
 
यो फिल्मका अलावा कटरीना कैफको नयाँ फिल्म ‘सूर्यवंशी’ हो । यो फिल्म प्रदर्शनको तयारीमा छ । अभिनेता ईशान खट्‌टर भने ‘खाली पीली’ मा देखिँदैछन् । त्यस्तै, सिद्धान्त चतुर्वेदी ‘बन्टी र बबली २’ मा काम गर्दैछन् । कोरोनाको महामारीले थिलथिलो बनाएको बलिउड फिल्म इन्डस्ट्रीलाई चलायमान बनाउन अहिले मेकरहरु धमाधम फिल्म निर्माणको घोषणा गरिरहेका छन् । 
Most Visited News (monthly)