Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्फर्म : प्रभाससँग काम गर्दै दीपिका

एजेन्सी, मुम्बई, 2020/07/19
 
बलिउड अभिनेत्री दीपिका पादुकोण र साउथ सुपरस्टार प्रभासले पहिलो पटक स्क्रिन साझेदारी गर्ने भएका छन् । निर्देशक नाग अश्व‍िनको नयाँ फिल्ममा उनीहरुले सँगै काम गर्न लागेका हुन् । दीप‍िका पादुकोण स्वयंले इन्स्टाग्राममा एउटा भिडियो साझेदार गर्दै यो कुराको पुष्टि गरेकी हुन् । पहिलो पटक दीपिका र प्रभासलाई एउटै फिल्ममा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ । 
 
व्याजयन्ती मूभीजले आफ्नो नयाँ फिल्मका लागि प्रभास र दीपिकालाई एतिहासिक जोडीको रुपमा घोषणा गरेको छ । आफ्नो उत्सुकता व्यक्त गर्दै र फिल्मको बारेमा जानकारी दिँदै अश्विनले भनेका छन्, ‘म दीपिका पादुकोणलाई यो चरित्र निभाएको हेर्न निकै उत्साहित छु । यसअघि उनले यस प्रकारको चरित्र कहिल्यै गरेकी थिइनन् । यो सबैका लागि ठूलो सरप्राइज हुनेछ ।’ 
 
उनले अगाडि भनेका छन्, ‘दीपिका र प्रभासको जोडी फिल्मको मुख्य हाइलाइट्समध्ये एक हुनेछ र उनीहरुबीचको कहानी वर्षौंसम्म दर्शकको याद गर्नेछन् ।’ त्यस्तै, फिल्मका निर्माता अश्विनी दत्तले यो फिल्म भारतीय सिनेमा इतिहासमा आफ्नो स्थान पक्का गर्ने अवसर रहेको बताएका छन् । व्याजयन्ती मूभीजका अनुसार, तत्काललाई फिल्मको नाम ‘प्रभास २१’ राखिएको छ । 
 
प्रभासको कुरा गर्ने हो भने उनको पाइपलाइनमा फिल्म ‘राधे श्याम’ छ । यसमा उनको पूजा हेगडेसँग बाँधिएको छ । यसको फर्स्टलुक पोस्टर समेत सार्वजनिक भइसकेको छ । तेलुगू भाषामा निर्माण हुने फिल्मलाई राधाकृष्णन कुमारले निर्देशन गर्दैछन् । त्यस्तै, दीपिकाको पाइपलाइनमा एक फिल्म छ भने श्रीमान् रणवीर सिंहसँग काम गरेको फिल्म ‘८३’ प्रदर्शनको तयारीमा छ । 
Most Visited News (monthly)