Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8449 - 8454 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-29, बुधवार

चर्चित हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ छोराको पिता बनेका छन् । बुधवार विहान उनलाई पुत्र लाभ भएको हो । आज विल्सनको जन्मदिन समेत हो । सन् १९८७ जनवरी २९ तारिखमा जन्मिएकाले उनले आफ्नो जन्मदिनको दिन उपहार स्वरुप छोरा पाएकोमा खुसी व्यक्त गरे । विल्सनले गत वर्षको फागुनमा झापाकी सरिना लामासँग मागी विवाह गरेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-29, बुधवार

नेपाली फिल्मका ‘बाघ अभिनेता’ को रुपमा चिनिने विराज भट्ट करीब ४ वर्षपछि आफ्नै निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ लिएर आउँदैछन् । लामो समयपछि उनी नेपाली फिल्ममा फर्किएका कारण पनि यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ । उनको प्रतिक्षा दर्शकमा कुन हदसम्म छ भन्ने कुरा फिल्मको ट्रेलरको कमेन्ट बक्स निहाल्दा नै अनुमान गर्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2020-01-29, बुधवार

यही शुक्रवारबाट देशैभर प्रदर्शनमा आउन लागेको एक्सन लभस्टोरी जनरामा निर्मित देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को च्यारिटी शो सम्पन्न भएको छ । मंगलवारको विग मुभिजमा आयोजित च्यारिटी शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ गरिएको हो । उक्त प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-28, मंगलवार

फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा लिइएको छ । ‘क्याप्टेन’ मा उनको स्वभाविक अभिनय र सुन्दरताको प्रशंसा भएको थियो । तर, डेब्यू फिल्मबाट उनले सफलता हात पार्न भने सकिनन् । अभिनयको प्रशंसामै चित्त बुझाउनु पर्‍यो । दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले भने उनलाई हिटको सुख दिलायो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-28, मंगलवार

अहिले फिल्म बनाएर मात्र काफी छैन । गतिलो प्रचार-प्रसार भएन भने ठूला स्टार भए पनि फिल्मले हलमा दर्शक तान्न सक्दैन । प्रचार बलियो भए फिल्मको इनिसियल व्यापार बलियो हुने विश्वास फिल्मकर्मीमा छ । त्यसैले अचेल फिल्मकर्मीहरु दर्शकमाझ फिल्मप्रति चासो जगाउन अनेकन फण्डा अपनाउने गरेका छन् । हिरो-हिरोइनको अफेयरको हल्ला समेत पिट्ने गरिन्छ । 

एजेन्सी, मुम्बई, 2020-01-28, मंगलवार

अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे : योर मोस्‍ट वान्‍टेड भाई’ को निर्माण घोषणा भैसकेको छ । यसको बज अहिलेदेखि नै बन्न सुरु भएको छ । सलमानले यो फिल्ममा ‘वान्टेड’ भन्दा पनि खतरनाक एक्सन हुने बताएर एक्साइटमेन्ट क्रिएट गरेका छन् । फिल्म यो वर्षको अन्त्यमा रिलिज हुनेछ । भारतीय मिडियाका अनुसार, फिल्मको क्लाइमेक्समा ठूलो रकम खर्च गरिने भएको छ । 

Results : 8449 - 8454 of 23765
Most Visited News (monthly)