Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेश हमालका भाईको निधन

फिल्मीखबर, काठमाडौं, 2020/07/22
 
नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण उनलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । नयाँ दिल्लीको ह्याम्स अस्पतालमा उनको निधन भएको हो । 
 
अभिनेता राजेश र राकेशको परिवार राजधानीमा एउटै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमै छन् । उनका एक मात्र भाई हुन्, राकेश । एउटै घरमा बस्ने भएकाले उनी भाईसँग निकै नजिक थिए । राकेशको शव अन्त्येष्टिका लागि नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । 
 

 

राजेश हमाल फिल्म क्षेत्रमा आबद्ध भए पनि राकेश यस क्षेत्रभन्दा बाहिर थिए । उनीहरुका तीन दिदीबहिनी छन् । राकेश हमालको निधन भएपछि आफन्तहरु कपूरधारास्थित हमाल निवासमा जम्मा भएका छन् । राकेशका श्रीमती र दुई छोरा-छोरी छन् । पारिवारिक स्रोतका अनुसार, दिल्लीमा शल्यक्रियापछि उनको निधन भएको हो ।
Most Visited News (monthly)