Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8431 - 8436 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-02-02, आईतवार

अभिनेत्री श्वेता खड्का २ वर्षदेखि काँचको पर्दामा देखिएकी छैनन् । फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको लामो समय भैसके पनि उनी पर्दामा फर्किन हतार गरेकी छैनन् । यस वर्ष उनले ‘हेल्लो जिन्दगी’ नामक फिल्म साइन गरेकी थिइन् । तर, घाँटीमा पलाएको ट्यूमरको शल्यक्रिया गर्नुपरेपछि उनले फिल्मबाट हात झिकिन् । यसपछि उनी कुनै फिल्ममा अनुबन्ध भएकी छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-02, आईतवार

यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ विवादमा मुछिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको छ । ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-01, शनिवार

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कालकारको पहिचान बनाएका तेलुगू फिल्मका कलाकार ब्रह्मानन्दम शनिवारबाट ६३औं वर्षमा लागेका छन् । १ फेब्रअरी १९५६ मा आन्ध्रप्रदेशको गुन्टूर जिल्लामा जन्मिएका उनलाई साउथका ‘कमेडी किंग’ भन्ने गरिन्छ । उनले आफ्नो करिअरमा १६ सयभन्दा धेरै फिल्म गरेका छन् । उनले बलिउड फिल्म समेत गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-01, शनिवार

एक समय पोस्टरमा कलाकारको टाउको राखेपछि दर्शकमा फिल्मप्रति उत्सुकता बढ्ने सोचाइ व्याप्त थियो । त्यो सोचाइ अझै कायमै छ । तर, केही फिल्मकर्मी भने फिल्मको पोस्टर भिन्न शैलीमा तयार गर्ने गर्दछन्, जसमा कलाकारलाई स्थान दिइँदैन । हालै सार्वजनिक भएको फिल्म ‘षट्कोण’ मा कर्मा शाक्य जस्ता नाम चलेका कलाकार हुँदा पनि पोस्टरमा कसैलाई स्थान दिइएन ।

फिल्मीखबर, काठमाडौं, 2020-02-01, शनिवार

अभिनेत्री लक्ष्मी बर्देवाले अभिनयको दमले नेपाली फिल्म क्षेत्रमा आफूलाई स्थापित गरिसकेकी छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएकी उनलाई महिला टेम्पो चालकको भूमिकामा खेलेको फिल्म ‘बुलबुल’ ले नयाँ उचाइ दिलायो । यसमा उनले गरेको अभिनयले दर्शकमाझ बेग्लै प्रभाव छाड्यो । चारित्रिक भूमिकामा अहिले उनको लोभलाग्दो माग छ ।

एजेन्सी, मुम्बई, 2020-01-31, शुक्रवार

फरक धारका फिल्म गर्न रुचाउने अभिनेत्री तापसी पन्नू स्टारर फिल्म ‘थप्पड’ को ट्रेलर सार्वजसनक भएको छ । टाइटलझैँ फिल्मको कहानी एक थप्पडको वरिपरि घुमेको छ । महिला केन्द्रित यो फिल्मको ट्रेलरमा तापसी आफ्नो घर-परिवारको विरुद्धमा गएर पतिको थप्पड सहनुभन्दा त्यसको विरोध गर्दै देखिएकी छन् । यसका लागि उनले कानुनको समेत सहारा लिएकी छन् । 

Results : 8431 - 8436 of 23766
Most Visited News (monthly)