Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान र आशिरमान : दुवै फिल्मविहीन

फिल्मीखबर, काठमाण्डौ, 2020/07/22
 
अभिनेता द्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी सहोदर दाजु-भाई हुन् । बैंकर रविना देशराज जोशीका यी दुई छोराले लगभग एकै समयमा फिल्म करिअर सुरु गरेका थिए । आयुष्मानले ‘चपली हाइट २’ र आशिरले ‘ग्याङस्टार ब्लूज’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । डेब्यू फिल्म रिलिजताका दुवैलाई सम्भावना बोकेको नायकको रुपमा हेरिएको थियो । 
 
तर, दुर्भाग्य ! दुवै दाजु-भाईले पहिलो फिल्मबाट सफलताको सुख प्राप्त गर्न सकेनन् । ‘चपली हाइट २’ पछि आयुष्मानले ‘कथा काठमाण्डू’, ‘चंगा चेट’, ‘सानो मन’, ‘प्रेम दिवस’ फिल्ममा काम गरे । यी फिल्मले पनि उनको करिअरलाई उचाइ दिलाउन सकेन । अहिले उनी घरायसी जीवन विताइरहेका छन् । गत वर्षको फागुनमा अभिनेत्री प्रियंका कार्कीसँग उनले विवाह गरेका हुन् । 
 
त्यस्तै, आशिरमानले ‘ग्याङस्टार ब्लूज’ पछि फिल्म ‘द ब्रेकअप’ मा काम गरे । तर, यो फिल्मले पनि उनलाई हिटको सुःख दिए सकेन । यी दुवै फिल्म हेमराज विसीले निर्देशन गरेका थिए, जसले अनमोल केसीलाई ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’ फिल्मबाट स्टार बनाएका थिए । आशिरलाई भने उनले अनमोल जस्तो उचाइमा पुर्‍याउन सकेनन् । लामो समयदेखि आशिर फिल्मविहीन छन् । 
 
आयुष्मान पनि फिल्मविहीन भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो रिलिज फिल्म ‘सानो मन’ पछि उनलाई नयाँ फिल्म अफर भएको खबर समेत बाहिरिएको छैन । फ्लप फिल्मको श्रृंखला नरोकिएका कारण निर्माता/निर्देशकहरु आयुष्मान र आशिरमानलाई लिएर फिल्म बनाउन अनकनाएको अवस्था छ । कहिले पर्ला यी दाजु-भाईको झोलीमा भाग्य बदल्ने फिल्म ?
Most Visited News (monthly)