Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

३५ लागे अनुप, भन्छन्, ‘बिहे गर्न हतार छैन’

फिल्मीखबर, काठमाडौं, 2020/07/23
‘ह्यान्डसम भिलेन’ को रुपमा दर्शकमाझ परिचित अभिनेता अनुप विक्रम शाही बिहीवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३५ वर्षमा प्रवेश गरेका उनलाई मध्यरातदेखि नै सामाजिक सञ्जालमार्फत् फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । कोरोनाको महामारीका कारण अघिल्ला वर्ष झैँ यसपटक उनी जन्मदिन विशेष तरिकाले मनाउने सोचमा छैनन् । 
 
अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय अनुपले केही बच्चाको लालन–पालन र शिक्षा–दीक्षाको समेत जिम्मेवारी उठाएका छन् । कोरोनाका कारण जारी लकडाउनको समयमा उनले राजधानीको एक बाल आश्रममा आश्रित ३० जना बालबालिकालाई राहत बाँढेका थिए । आफ्नो जन्मदिनको अवसरमा उनले सोही आश्रमका बालबालिकाका लागि ६ थान ल्यापटप हस्तान्तरण गर्दैछन् । 
 
 
अनुपले भने- ‘कोरोनाका कारण यसपटक साथी-भाईसँग जन्मदिन सेलिव्रेट गर्ने कार्यक्रम छैन । मैले केही बालबालिकालाई हेर्दै आएको छु । उनीहरुको शिक्षा–दीक्षाका लागि आज ल्यापटप प्रदान गर्दैछु र इन्टरनेट कनेक्सन पनि गर्न लागेको छु । कोरोनाका कारण उनीहरुले राम्रोसँग अध्ययन गर्न पाएका छैनन् । इन्टरनेटबाट अध्ययन गर्नका लागि ल्यापटप प्रदान गर्न लागेको हुँ ।’
 
उमेरले ३५ वर्षमा टेके पनि उनी तत्काल विवाह गर्ने सोचमा छैनन् । घर-परिवारबाट पनि विवाहका लागि खासै दबाब नभएको उनको भनाई छ । अभिनेत्री मलिना जोशीसँग प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताउने अनुप आफ्नो फिल्म करिअरलाई लिएर सन्तुष्ट रहेको बताउँछन् । अब फिल्म छनौटमा गम्भीर हुने उनको योजना छ । अहिले उनले कुनै फिल्म साइन गरेका छैनन् । 
 
‘लप्पन छप्पन २’ को छायांकन सकेर बसेका उनले भने- ‘पहिला मैले धेरै मान्छेलाई विश्वास गरेँ । तर, विभिन्न कारणले फिल्म राम्रो बन्न सकेन । अब चाहिँ वर्षमा एक वा दुईवटा फिल्म गर्ने सोचमा छु । फिल्मको अफर त भइरहेको छ । तर, स्क्रिप्ट र आफ्नो भूमिका चित्त नबुझेसम्म फिल्म साइन गर्दिनँ ।’ फिल्ममा अनुपले हिरो र भिलेन दुवै खाले भूमिका निर्वाह गर्दै आएका छन् । 
Most Visited News (monthly)