
फिल्म ‘सेन्टी भाइरस’ को विदेश राइट्स विक्री भएको छ । अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा यो फिल्मको विदेश राइट्स विक्री भएको हो । फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा विदेश राइट्स खरिद गरेको हो । सोमवार नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की र सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेलबीच कागजी सम्झौता भएको हो ।

आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको संयुक्त गायन रहेको छ भने डिपी खनालको शब्द र सुभाष भुषालको संगीत छ ।

नेपालमा एउटा कलाकारले अर्को कलाकारलाई साथ-सहयोग गरेको निकै कम देख्न पाइन्छ । बरु, कसरी हुन्छ एकअर्काको खुट्टा तान्न अगाडि सर्छन् । अर्को कलाकारको फिल्म नचल्दा खुसी हुने र फिल्म चल्यो भने आफ्नो फिल्म नचल्दाभन्दा बढी दुःखी हुन्छन्, नेपाली कलाकार । नेपालमा एउटा कलाकारले अर्को कलाकारको फिल्मलाई सहयोग गरेका उदाहरण ज्यादै कम छन् ।

छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेकी बलिउड अभिनेत्री दिशा पाटनीको नयाँ फिल्म ‘मलंग’ ७ फेब्रअरीको प्रदर्शनमा आउँदैछ । मोहित सुरीको निर्देशनमा बनेको फिल्ममा दिशासँगै अभिनेता आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमूको पनि प्रमुख भूमिका छ । यो रोमान्टिक थ्रिलर फिल्म हो । फिल्ममा अनिल कपूर रिसाहा पुलिस अफिसरको भूमिकामा छन् ।

फिल्म ‘लभ डायरिज’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । आइतवार सार्वजनिक गरिएको ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास/प्रविशा अधिकारीको स्वर रहेको छ । सौरभ चौधरीको कोरियोग्राफी रहेको गीतले अभिनेता द्वय सुशील श्रेष्ठ र विश्वजित रिमालको अभिनेत्री रुविना थापाप्रतिको प्रेमभाव बोल्छ ।

नेपालीमा एउटा उखान छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ यस वर्षको डिजास्टर फिल्म ‘प्रेम संसार’ को सिक्वेल निर्माण हुने भएपछि यो उखान चरितार्थ भएको छ । संसारमा सुपरफ्लप फिल्मको सिक्वेल निर्माण भएका उदाहरण सायदै होलान् । हलबाट भित्तामा पोस्टर टाँस्न बनाइएको माडको पनि पैसा नउठाएको फिल्मको सिक्वेल निर्माण गर्न को निर्माता तम्सन्छन् होला र !

