Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रभाससँग काम गर्न दीपिकाले बुझिन् २० करोड

एजेन्सी, मुम्बई, 2020/07/22
 
साउथ फिल्मका सुपरस्टार प्रभासको नयाँ फिल्ममा लिड अभिनेत्रीको रुपमा अनुबन्ध भएकी दीपिका पादुकोण बलिउड फिल्म इतिहासकी सबैभन्दा महंगी अभिनेत्री बनेकी छन् । ‘प्रभास २१’ नाम राखिएको फिल्मको गएको तीन दिन अगाडि निर्माण घोषणा गरिएको थियो । यो फिल्मका लागि दीपिकाले मोटो रकम बुझेकी छन् । उनलाई २० करोडमा कास्ट गरिएको बताइएको छ ।
 
अभिनेता प्रभासले भने ५० करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले बताएका छन् । फिल्ममा दीपिकाको रोल पहिला प्रभासको भन्दा कम महत्त्वको थियो, तर दीपिका भित्रिएपछि उनको स्टारडम र पारिश्रमिकलाई मध्यनजर गर्दै स्क्रिप्टमा परिवर्तन गरिएको छ । फिल्मलाई नाग अश्विनले निर्देशन गर्दैछन् । साइन्स फिक्सन फिल्म वर्ल्ड वार ३ को कहानीमा आधारित हुनेछ । 
 
दीपिका, प्रभाससँग काम गर्न लागेकी दोस्रो बलिउड अभिनेत्री हुन् । यसअघि श्रद्धा कपूर फिल्म ‘साहो’ मा प्रभासको अपोजिटमा थिइन् । प्रभासको २०औं फिल्ममा भाग्यश्री पनि देखिँदैछिन् । फिल्मको घोषणा भएसँगै प्रभास र दीपिकाले सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्न सुरु गरेका छन् । निर्देशक अश्विनले यी दुईको कहानीलाई दर्शकले वर्षौंसम्म याद गर्ने बताएका छन् ।
 
अहिले प्रभासको पाइपलाइनमा फिल्म ‘राधे श्याम’ छ । यसमा उनको पूजा हेगडेसँग बाँधिएको छ । यो फिल्मको फर्स्टलुक पोस्टर समेत सार्वजनिक भइसकेको छ । तेलुगू भाषामा निर्माण हुने फिल्मलाई राधाकृष्णन कुमारले निर्देशन गर्दैछन् । त्यस्तै, दीपिका एक फिल्म साइन गरेर बसेकी छन् । उनले श्रीमान् रणवीर सिंहसँग काम गरेको फिल्म ‘८३’ भने प्रदर्शनको तयारीमा छ । 
Most Visited News (monthly)