Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी, मुम्बई, 2020/07/23
 
कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अभिनेता अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि, उनको अझै दुईवटा टेस्ट हुनेछ । गएको १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक बच्चनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएपछि सोही अस्पतालमा भर्ना गरिएको छ । 
 
अमिताभको २२ जुलाईमा भएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको नानावती अस्पतालको स्रोतले जानकारी दिएको छ । यसको पुष्टि अस्पतालले महामारी नियमका कारण आफैंले गर्न मिल्दैन । अझै अमिताभको दुईवटा टेस्ट हुनेछ । लगातार तीन टेस्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर जानेछन् । अमिताभको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले बताएको छ । 
 
अस्पताल स्रोतका अनुसार, अभिषेक बच्चनको रिपोर्ट भने सबै नेगेटिभ आएको छ । उनलाई बिहीवार साँझसम्म अस्पतालबाट डिस्चार्ज मिल्न सक्ने बताइएको छ । अहिलेसम्म ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट भने आएको छैन । बच्चन परिवारमा जया बच्चनको मात्र टेस्ट नेगेटिभ आएको थियो । अमिताभ बच्चनका २६ स्टाफको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ ।  
Most Visited News (monthly)