
यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि छायांकन पूरा भएको फिल्मको मंगलवार निर्माण टिमले ‘हात्ती ढुंगामा’ गीत सार्वजनिक गरेको हो । चलन चल्तीका गीतभन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ । भने, गायक सागर आले र गायिका मेलिना राईको स्वर छ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बेलायतमा छायांकन गरिएको फिल्म अर्को वर्षको भदौ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा फिल्म प्रदर्शनमा हुन लागेको हो । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।

अभिनेता आदित्य रोय कपूर पछिल्लो लामो समयदेखि एक हिट फिल्मको खोजीमा छन् । सन् २०१३ मा प्रदर्शनभ भएको फिल्म ‘आशिकी २’ उनको करिअरको पहिलो सोलो हिट फिल्म थियो । यो फिल्मलाई मोहित सूरीले निर्देशन गरेका थिए । फिल्मको म्यूजिक र आदित्य-श्रद्धा कपूरको केमेस्ट्रीलाई दर्शकले खुब रुचाएका थिए । फिल्ममा अदित्यले गजब काम गरेका थिए ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनय डेब्यू गरेकी अभिनेत्री वर्षा राउतले गएको फागुनमा संजोग कोइरालासँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । आउँदो फागुनमा उनले विवाह गरेको एक वर्ष नाघ्दैछ । विवाहपछि उनका दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ प्रदर्शन भए । दुवै फिल्म हिट भए पनि वर्षाले ‘जात्रै जात्रा’ बाट मात्र सफलताको क्रेडिट पाइन् ।

अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ्ग’ यही माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा एक चर्चित हास्यकलाकारको तीन दिनको कथा भनिएको छ । विपिन कार्की एक कार्यक्रममा प्रस्तुती दिन सोलुखुम्बु पुगेर राजधानी फर्किंदासम्मको कथा फिल्ममा बुनिएको छ । विशाल सापकोटाको निर्देशन रहेको फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् ।

पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर सुब्रत राज आचार्यले निर्देशन गर्ने फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो । फिल्ममा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ ।

