Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भाईको अन्त्येष्टिमा भावविह्वल राजेश हमाल (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2020/07/24
नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको अन्तिम दाहसंस्कार गरिएको छ । बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएका उनको शुक्रवार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराले दागवत्ति दिएका थिए । शुक्रवार दिउँसो भारतबाट उनको शव नेपाल ल्याइएको थियो । 
 
 
 
 
भाईको शव बुझ्न अभिनेता राजेश हमाल आफन्तको साथमा त्रिभुवन विमानस्थलमा पुगेका थिए । पशुपति आर्यघाटमा भाईलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनी भावविह्वल भएका थिए । भाईको शव हेर्दै उनी पटक-पटक भक्कानिएका थिए । वर्षौदेखि काठमाडौंको कपुरधारास्थित एकै घरमा दाजु-भाईको परिवार बस्दै आएका थिए । हमालका एक मात्र भाई हुन्, राकेश । 
 
निर्माण व्यवसायी तथा समाजसेवी राकेश हमाललाई अन्तिम श्रद्धाञ्जली दिन फिल्मकर्मीदेखि राजनीतिज्ञहरु पशुपति आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसको क्रियाशिल सदस्य भएका कारण उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला, शशांक कोइराला र सुजता कोइरालाले संयुक्त रुपमा नेपाली कांग्रेसको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । 
 
 
 
 
अभिनेता राजेश हमालका भाईलाई केही दिनअगाडि कलेजोले काम गर्न छाडेपछि प्लेन चार्टर्ड गरेर कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली लगिएको थियो । एक छोरा र एक छोरीका पिता राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन् । उनको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । भेन्टिलेटरमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
 
 
Most Visited News (monthly)