Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टाइगर ३’ मा पनि सलमान र कटरीना

एजेन्सी, मुम्बई, 2020/07/25
 
अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ बलिउडको सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, ‘युवराज’, ‘मैंने प्यार क्यों किया’, ‘भारत’ सहित केही फिल्ममा काम गरेका छन् । दुवैको केमेस्ट्री दर्शकहरुले निकै रुचाउने गरेका छन् । अब यो जोडीले पुनः एकपटक ‘टाइगर’ को तेस्रो पार्टमा काम गर्न लागेको खबर बाहिरिएको छ ।
 
एक इन्टरटेनमेन्ट पोर्टलका अनुसार, सलमान खानले ‘टाइगर ३’ का लागि मञ्जुरी दिइसकेका छन् । फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुनेछ । एक सूत्रले पिंकविलासँग कुराकानी गर्दै भनेको छ, ‘सलमान खान फिल्म गर्न तयार छन् । फिल्ममा उनको अपोजिटमा कटरीना कैफ हुनेछिन् ।’ सलमान र कटरीनाको जोडीलाई अनस्क्रिनमा सबैभन्दा सक्सेसफुल मानिन्छ ।
 
फिल्मलाई मनीष शर्माले निर्देशन गर्ने बताइएको छ । सूत्रले भनेको छ, ‘मनीष शर्माले ‘टाइगर ३’ लाई निर्देशन गर्नेछन् । आदित्य चोपडाको विश्वास छ कि उनले ‘टाइगर’ फ्रेन्चाइजलाई अगाडि लिएर जानेछन् र सलमानले मनीषसँग काम गर्नका लागि सहमति जनाएका छन् । मनीषसँग क्रिएटिभिटीको राम्रो ज्ञान छ । उनी नै आदित्य चोपडाको पहिलो र अन्तिम रोजाई हुन् ।’
Most Visited News (monthly)