Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

राजेश हमालले यसरी सम्झिए दिवंगत भाईलाई

फिल्मीखबर, काठमाण्डौ, 2020/07/24
 
अभिनेता राजेश हमाल आफ्नो भाईको निधनले विक्षिप्त भएका छन् । उनका भाई राकेशको बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । कलेजोले काम गर्न छोडेपछि उनलाई केही दिनअगाडि प्लेन चार्टर्ड गरेर कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली लगिएको थियो । एक छोरा र एक छोरीका पिता राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन् । 
 
अभिनेता हमालका भाईको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको भेन्टिलेटरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राकेशको उपचारका लागि उनको परिवारिक सदस्यहरू पनि दिल्ली पुगेका थिए । हमाल भने काठमाडौंमै बसेर भाईको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहेका थिए । राकेशभन्दा डेढ वर्ष जेठा हुन्, हमाल ।
 

 

वर्षौदेखि राजेश र राकेशको परिवार कपुरधारास्थित एकै घरमा सँगै बस्दै आएका छन् । यसकारण पनि हमाल आफ्नो भाईसँग निकै नजिक थिए । राकेशको निधनको खबर पाएपछि हमालसँग नजिक फिल्मकर्मीहरु सान्त्वना दिन उनको निवासमा पुगिरहेका छन् । हमालले भाईको निधन भएको साँझ फेसबुकमा ‘गूड बाई डियर काकु’ भनेर तस्विरसहित स्टाटस लेखेका थिए । 
 

 

उनले शुक्रवार पुनः आफ्नो परिवारसहितको तस्विर साझेदार गर्दै भाईलाई सम्झिएका छन् । ‘आमा, बुबा, हजुरबुबा र हामी पाँच । तिमीलाई सधैं सम्झना गर्नेछु काकु’, उनले लेखेका छन् । अभिनेता हमालको यो पोस्टले पनि भाईसँग उनको आत्मीयता कस्तो थियो भन्ने प्रस्ट्याउँछ । हमालका भाई राकेश निर्माण व्यवसायी थिए । उनको शव काठमाडौंं ल्याउने प्रयास भइरहेको छ ।
Most Visited News (monthly)