Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8377 - 8382 of 23766
फिल्मीखबर, काठमाडौं, 2020-02-13, बिहिवार

फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलर बलिउड फिल्म ‘आशिकी’ फ्लेवरको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-13, बिहिवार

प्रणय दिवसको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘लभ डायरीज’ ले प्रिमियरमा फिल्मकर्मी र पत्रकारबाट सुखद प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार राजधानीको कमलपोखरीमा रहेको बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका फिल्मकर्मीले मेकिङ, कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, 2020-02-13, बिहिवार

नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशी यही फागुनमा विवाह गर्दैछन् । गएको हप्ता उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको खबर चुहिएको थियो । तर, यो जोडीले अहिलेसम्म विवाहको मिति खुलाएको छैन । बुझिए अनुसार, विवाहका लागि फागुन १५ राम्रो हुने ज्योतिषको सल्लाह अनुसार प्रियंका र आयुष्मानको बिहे दुई दिनअघि सरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-02-13, बिहिवार

नेपाली फिल्मकी अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-12, बुधवार

हास्यकलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बनेको कमेडी फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मन त मेरो लक्का जवान’ गीतपछि बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरेको हो । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जुना रिजाल काफ्ले र बाबुल स्वयंको गायन छ ।

एजेन्सी, मुम्बई, 2020-02-12, बुधवार
बलिउड अभिनेता अमिताभ बच्चन संख्या बढाउनका लागि फिल्म गर्दैनन् । उनी निकै सोचेर र समझदारीपूर्वक फिल्म छान्ने गर्दछन् । उनलाई फिल्ममा लिन कति मुश्किल हुन्छ भन्ने निर्देशक आर बाल्किको कुराबाट बुझ्न सकिन्छ । उनले अमिताभसँग तीन फिल्ममा काम गरिसकेका छन् । तर, उनलाई कुनै फिल्ममा कास्ट गर्न निकै गाह्रो हुने निर्देशक बाल्कि बताउँछन् । 
Results : 8377 - 8382 of 23766
Most Visited News (monthly)