Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8383 - 8388 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-02-12, बुधवार

‘बमकाजी’ नाममा छायांकन भएको फिल्म हो, ‘मन्त्र’ । तर, ‘कबड्डी’ सिरिजमा अभिनेता दयाहाङ राईले निर्वाहा गर्ने चरित्रको नामसँग मिल्ने भएका कारण निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेर ‘मन्त्र’ राख्यो । यो फिल्मको गएको हप्ता टिजर सार्वजनिक भयो । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-12, बुधवार

महाशिवरात्रीको अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चर्चित हास्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘पार्टी जिताइदे’ चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा खिचिएको छ । फिल्मको कथाको मागअनुसार गीतको छायांकन गरिएको निर्माण टिमले बताएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-12, बुधवार

गएको एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ । आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि विवाहको मिति भने गोप्य राखेकी थिइन् । दुई परिवारबीच विवाहको मितिलाई लिएर छलफल भैरहेको उनको भनाई थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-11, मंगलवार

सामाजिक विषयवस्तुमा निर्मित फिल्म ‘धुलो’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आउँदो फागुन १६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु बद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा फिचर्ड छन् । प्रद्युम्न मिश्रले फिल्मको निर्देशन गरेका हुन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-11, मंगलवार

यस वर्षको निकै आश गरिएको फिल्म हो, ‘सेन्टी भाइरस’ । असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि कुनै फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकेको अवस्थामा यो फिल्मले सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । यो अपेक्षा यसकारण पनि गरिएको हो कि फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेले अभिनय गरेका छन् ।

एजेन्सी, मुम्बई, 2020-02-11, मंगलवार

अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा भएपछि फिल्ममा फिमेल लिड रोल कुन अभिनेत्रीले निर्वाहा गर्नेछिन् भन्ने चासो धेरैमा थियो । अब, फिल्मका लागि अभिनेत्रीको टुंगो लागेको छ । फिल्ममा पूजा हेगडे अनुबन्ध भएकी छन् । ‘हाउसफुल ४’ मा अक्षय कुमार र ‘मोहन जोदडो’ मा ऋतिक रोशनको अपोजिटमा उनले काम गरिसकेकी छन् ।

Results : 8383 - 8388 of 23766
Most Visited News (monthly)