Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 1.67/5.00)
Text size:-
+
-

मनिष सुन्दर श्रेष्ठ : फ्लपमा ह्याट्रिक हिरो

फिल्मीखबर, काठमाण्डौ, 2020/08/08
 
नेपाली फिल्ममा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, मनिष सुन्दर श्रेष्ठ । अग्लो कद, आर्यन लुक्स र आकर्षक शरीरले उनलाई अभिनेता बन्ने गुण दिएको छ । तर, एक सफल कलाकार बन्न यी विशेषता मात्र काफी हुँदैन । अभिनय पनि राम्रो हुनुपर्छ । यो मामलामा भने मनिष कमजोर छन् । उनले आजसम्म कुनै फिल्मबाट अभिनयको वाहवाही बटुल्न सकेका छैनन् ।
 
दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ बाट मनिषले अभिनेताको रुपमा डेब्यू गरेका थिए । फिल्म प्रदर्शनपूर्व उनको लुक्सलाई लिएर राम्रै चर्चा भएको थियो । कतिपयले उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा पनि लिएका थिए । तर, फिल्ममा उनले गरेको अभिनयले दर्शक, समीक्षक र फिल्मकर्मीलाई सन्तुष्ट बनाउन सकेन । फिल्मले पनि बक्सअफिसमा घुँडा टेक्यो । 
 
‘रानी’ पछि उनले अभिनेत्री मलिना जोशीसँग फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ मा काम गरे । यो फिल्म त हलमा प्रदर्शनको भएको समेत दर्शकलाई पत्तो भएन । दोस्रो फिल्मबाट पनि ‘हातमा लाग्यो शुन्य’ भएपछि उनलाई अब नयाँ फिल्मका लागि निर्माता/निर्देशकले पत्याउने हुन् वा होइनन् भन्ने चिन्ताले सताउन थालेको थियो । यसै क्रममा, उनले तेस्रो फिल्म पाए, ‘जानी नजानी’ ।
 
निर्माण टिमले प्रचार-प्रसार गतिलै गरेको थियो । कलाकारहरु पनि प्रचारमा दौडिन अल्छी गरेनन् । तर, मनिषको ‘ब्याडलक’, यो फिल्मले पनि उनको करिअरलाई उचाइ दिन सकेन । लगातार तीन फिल्मको असफलतापछि उनलाई फ्लप फिल्ममा ह्याट्रिक गर्ने हिरोको ट्याग लागेको छ । न अभिनय रुचाइयो, न फिल्म चल्यो । एउटा कलाकारका लागि योभन्दा पीडा अरु के हुन्छ र ?
Most Visited News (monthly)