
हिट फिल्म ‘होस्टेल’ को सिक्वेलबाट अभिनेताको रुपमा सुखद डेब्यू गरेका सुशील श्रेष्ठको नयाँ फिल्म ‘लभ डायरीज’ आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘होस्टेल रिर्टन्स’ पछि हिटको सुख प्राप्त गर्न नसकेका उनी यो फिल्मबाट निकै आशावादी छन् । फिल्ममा उनले मोजमस्तिमा तल्लिन हुने युवकको भूमिका निभाएका छन् । उनको अपोजिटमा रुविना थापा छिन् ।

अहिलेको समयमा नेपाली फिल्मलाई लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नु पर्ने अवस्था छैन । विदेश राइट्सबाट पनि निर्माताले लाखौं कमाउने गरेका छन् । विशेषगरि हिट फिल्मका सिरिज निर्माण र प्रर्शनभन्दा अगाडि नै महँगो मूल्यमा विदेशी भूमिमा विक्री हुने गरेका छन् । कति नेपाली फिल्मको त विदेश राइट्सबाटै आधाभन्दा बढी लगानी उठिसकेको हुन्छ ।

विश्वमा हेर्ने हो भने बक्सअफिसमा नाफा कमाएका फिल्मको सिक्वेल निर्माण हुने गरेका छन् । हलिउड/बलिउड हुँदै पछिल्लो केही वर्षयता नेपालमा पनि यो ट्रेन्ड निकै फस्टाएको छ । ‘नाईं नभन्नू ल’, ‘प्रेमगीत’, ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ सिरिज यसका उदाहरण हुन् । अहिले नेपालमा नयाँ नाममा बनेका फिल्मभन्दा हिट फिल्मका सिरिजलाई नै दर्शकले विश्वास गरेको अवस्था छ ।

बोङ जोन हो निर्देशित साउथ कोरियाको फिल्म ‘प्यारासाइट’ संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड ९२औं अस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषित भयो । यसले बेस्ट फिल्मसहित बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्क्रिनप्ले र बेस्ट इन्टरनेशनल फिल्म गरि चार महत्वपूर्ण विधामा अवार्ड जितेको छ । उत्कृष्ट निर्देशकमा बोङ जोन होको नाम घोषणा भएपछि उनको खुसीको सिमा थिएन ।

शुक्रवारबाट प्रदर्शनमा आएको विशाल सापकोटा निर्देशित तथा विपिन कार्की अभिनीत फिल्म ‘सेल्फी किङ’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ । समीक्षकको नजरमा भने फिल्म खरो उत्रन सकेको छैन । एक हास्यकलाकारको तीन दिनको कथा वाचन गरेको फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्न सकेको छैन । शनिवार भने फिल्मको व्यापार सुखद थियो ।

९२औं अस्कार अवार्डमा फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको छ । अमेरिकाको लस एन्जेलिस शहरको डल्बी थिएटरमा भएको अवार्ड समारोहमा साउथ कोरियाको ‘प्यारासाइट’ ले बेस्ट फिल्मसहित चार महत्वपूर्ण विधामा अवार्ड जित्दै ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि गैरअंग्रेजी भाषामा बनेका फिल्मले ओस्कारको मूल विधामा अवार्ड जितेका थिएनन् ।

