Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8371 - 8376 of 23766
फिल्मीखबर, काठमाडौं, 2020-02-14, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2020-02-14, शुक्रवार

‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ जस्ता बलिउड फिल्मका निर्देशक प्रकाश झा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा सहभागी हुन नेपाल आइपुगेका छन् । बिहीबार राजधानीको राष्ट्रिय सभा गृहमा भएको फेस्टिभलको उद्घाटन कार्यक्रममा उनले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा विभिन्न देशका संस्कृति फिल्ममार्फत् हेर्न उत्सुक रहेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-14, शुक्रवार

गएको शुक्रवार प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ ले असोजपछि सुस्ताएको नेपाली फिल्मको व्यापार केही हदसम्म चलायनमान बनायो । फिल्मले सिंगल थिएटरमा प्रदर्शनको एक हप्तामा राम्रो व्यापार गरेको छ । यो फिल्मका कारण अहिले हलमा दर्शकको चहलपहल बढेको छ । यसबीच, शुक्रवारबाट फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-02-14, शुक्रवार

निमेष प्रधान निर्देशित लभस्टोरी जनरामा निर्मित फिल्म ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ । पोस्टरमा पूजा घोडामा सवार छिन् । भने, आकाशले घोडालाई डोर्‍याइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-13, बिहिवार

नेपालमा कुनै यस्ता निर्माता छैनन्, जसले हलिउड र बलिउडका ठूला फिल्मसँग भिड्ने आँट गरेका हुन् । नेपाली फिल्मसँग भिड्न कुनै संकोच नमान्ने नेपाली फिल्मकर्मी विदेशी फिल्मसँग बक्सअफिसमा भिडन्त गर्नु परे विरालोको डरले मुसो दुलोभित्र छिरेझैँ गर्छन् । विदेशी फिल्मसँग एकसाथ प्रदर्शनमा आउँदा हलवालाले सोज नै नदिने नेपाली निर्मातासँग रेडिमेट बहाना छ । 

एजेन्सी, मुम्बई, 2020-02-13, बिहिवार

बलिउडका भर्सटायल अभिनेता इरफान खान र अभिनेत्री करीना कपूर खान स्टारर फिल्म ‘अंग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हाँसो र रोदन मिश्रित छ । २ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु हुन्छ र लण्डन यूनिभर्सिटीमा सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्रलाई देखाइएको छ । फिल्मलाई होमी अदजानियाले निर्देशन गरेका हुन् । 

Results : 8371 - 8376 of 23766
Most Visited News (monthly)