
अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्न पाउनु चानचुने उपलब्धि होइन । उनीसँग काम गर्दा फिल्म प्रदर्शनभन्दा अगाडि नै हिरोइनले प्रशस्त ‘हाइप’ पाउँछन् । अदिती बुढाथोकी, साम्राज्ञी राज्यलक्ष्मी शाह, श्रृष्टि केसी, उपासना सिंह ठकुरी, सुहाना थापा यसका उदाहरण हुन् । अनमोलसँग रोमान्स गरेका प्रायः अभिनेत्रीले नेपाली फिल्ममा राम्रो स्थान बनाएका छन् ।

‘आशिकी २’ फेम्ड निर्देशक मोहित सूरीको रोमान्टिक-थ्रिलर फिल्म ‘मलंग’ ले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाको फाइदा बक्सअफिसमा उठाएको छ । फर्स्ट डे (शुक्रवार) राम्रो ओपनिङ गरेको फिल्मले दोस्रो दिन (शनिवार) कमाईमा ठूलो उछाल कायम गरेको छ । प्रदर्शनको पहिलो दिन ६ करोड ७१ लाख कमाएको फिल्मले दोस्रो दिन ८ करोड ८९ लाख छापेको छ ।

सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण भएको फिल्म ‘दोषी को ?’ लाई विशेष शोमा सुखद प्रतिक्रिया मिलेको छ । शनिवार राजधानीमा रहेको चलचित्र विकास बोर्डको सभा हलमा अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष शोमा फिल्म हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे ।

अहिलेको समयमा एकै मितिमा एकभन्दा बढी नेपाली फिल्म प्रदर्शन हुनु सामान्य हो । विदेशी फिल्मसँग लुक्ने तर आफ्नै मुलुकमा बन्ने फिल्मसँग भिडन्त गर्न भने नेपाली निर्माता ठूलो छाति देखाउँछन् । यस वर्षको मंसिरदेखि पुष अन्तिमसम्म प्रदर्शनमा आएका प्रायः नेपाली फिल्मले सोलो रिलिज पाए । माघ दोस्रो साताबाट भने फेरि नेपाली फिल्मबीच भाले जुधाई सुरु भएको छ ।

दशैंपछि हलहरु सुनसानझैँ थिए । आश गरिएका केही फिल्म प्रदर्शन भए पनि हलसम्म कुनैले दर्शक तान्न सकेनन् । पुष महिनामा त झन् नेपाली फिल्म प्रदर्शनमै आएनन् । जाडोमा दर्शक हल नआउने डरले निर्माताले फिल्म प्रदर्शन गर्न डराए । तर, जाडो महिनामै विदेशी फिल्मले भने नेपालमा करोडौं छापे । ‘दबंग ३’ पछि एक महिना नेपाली हल विदेशी फिल्मको कब्जामा रह्यो ।

गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापार शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्ट स्टारर एक्सन प्रधान फिल्म ‘साङ्लो’ ले केही हदसम्म चलायमान बनाएको छ । फिल्मले मल्टीप्लेक्समा दर्शक तान्न नसके पनि सिंगल थिएटरमा भने शुक्रवार र शनिवार लगभग हाउसफुलको व्यापार गरेको छ ।

