Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8365 - 8370 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-02-16, आईतवार

हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । दशैं विदामा फिल्म ल्याउँदा हलबाट लगानी उठाउन सजिलो हुने सोचाइका कारण विशेषगरि ठूला ब्यानरले फिल्म प्रदर्शनका लागि दशैं रोज्ने गरेका छन् । अर्को वर्ष (२०७७) को दशैंका लागि पनि यस वर्षदेखि नै नेपाली निर्माताबीच फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप सुरु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-16, आईतवार

नेपाली फिल्मलाई कथा चोरीको आरोप लाग्नु नौलो होइन । विदेशी फिल्मको कथा, सिक्वेन्स, सिन र सटसमेत चोरेर थुप्रै नेपाली फिल्म बनेका छन् । ‘कोहलपुर एक्सप्रेस’ र ‘लभ स्टेशन’ यसका तात्ताता उदाहरण हुन् । इन्टरनेटको पहुँच नहुँदा विदेशी फिल्मको कथा चोरेर नेपाली फिल्म बनाउँदा पनि चोरी पत्ता लाग्दैन थियो । तर, अहिले फिल्मकर्मीभन्दा बाठा दर्शक भैसकेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-15, शनिवार

प्रणय दिवसको अवसर पारेर फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिमी बदनामी...’ बोलको गीतमा कुनै एक डान्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृश्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको पनि परिचय बनाएकी रेखाले यो फिल्ममा बार सिंगरको भूमिका निभाएकी छन् । गीतले फिल्मको भावलाई प्रस्तुत गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-15, शनिवार

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिएकी छन् । पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । फिल्मकर्मी कोही उपस्थित भएका थिएनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-15, शनिवार

गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । 

एजेन्सी, मुम्बई, 2020-02-14, शुक्रवार

संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड अर्थात् ९२औं ‘अस्कार अवार्ड’ मा पहिलो पटक दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले चार महत्त्वपूर्ण विधामा अवार्ड जित्यो । यसले अस्कारमा बेस्ट फिल्म, बेस्ट डाइरेक्टर, बेस्ट विदेशी फिल्म र बेस्ट स्क्रिनप्ले गरि चार विधामा अवार्ड जितेको हो । तर, तमिल फिल्म इन्डस्ट्रीले यो फिल्मको कहानी तमिल फिल्मबाट चोरिएको दाबी गरेको छ । 

Results : 8365 - 8370 of 23766
Most Visited News (monthly)