Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मबाट सन्यास लिएपछि शान्ति मिल्यो : क्यामरून

एजेन्सी, अमेरिका, 2020/08/08
 
एक समय हलिउडमा सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीको रुपमा रहेकी क्यामरुन डियाजले सन् २०१७ मा फिल्मबाट सन्यास लिने घोषणा गरेकी थिइन् । अचानक उनको यो फैसलाले धेरैलाई हैरान बनाएको थियो । हालै एक अन्तर्वार्तामा उनले फिल्म अभिनयबाट सन्यास लिनुको कारण खुलाएकी छन् । उनले फिल्मबाट सन्यास लिएपछि निकै शान्ति मिलेको बताएकी छन् । 
 
‘उमेरसँगै काम पनि बढ्न लाग्यो र मेरो मानसिकता परिवर्तन हुन लाग्यो । कामको असर मेरो सम्बन्धमा पनि पर्न थाल्यो,’ उनले भनेकी छन्, ‘यति लामो समयसम्म फिल्ममा काम गर्न निकै मुश्किल थियो । फिल्म दुनियाँ छाडेपछि मैले आफ्नो साथी र परिवारतिर ध्यान केन्द्रित गर्ने फैसला लिएँ ।’ फिल्मबाट सन्यास लिएकोमा आफूलाई कुनै पश्चताप नभएको उनको भनाई छ । 
 
कयौं पुरस्कार प्राप्त गरिसकेकी क्यामरून राइटरको रुपमा पनि परिचित छिन् । सन् २०१० मा फोर्ब्सले उनलाई १०० सबैभन्दा धनी सेलिब्रेटीको सूचीमा राखेको थियो । उनीसँग लस एन्जिलिसमा आलिसान बंगला छ । उनले सन् १९९४ मा हलिउडमा डेब्यू गरेकी थिइन् । अभिनयमा सक्रिय रहँदा उनले एक फिल्म गर्नका लागि ९६ करोड (नेपाली) पारिश्रमिक बुझ्ने गरेकी थिइन् ।
Most Visited News (monthly)