Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8347 - 8352 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-02-19, बुधवार

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा सुशान्त गौतमको गायन छ । गीतमा उनी आफैंले संगीत भरेका छन् । गीतको शब्द हर्क साउदले सिर्जेका हुन् । गीतले फिल्मका पात्रको पीडा भन्छ । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गुरुङले बताए । 

एजेन्सी, मुम्बई, 2020-02-19, बुधवार

तेलुगू फिल्मका सुपरस्टार महेश बाबूले आफ्नो जीवनमाथि फिल्म बनाए नचल्ने बताएका छन् । आफ्नो जीवन निकै सरल र बोरिङ रहेको उनी बताउँछन् । एक अन्तर्वार्तामा पत्रकारले उनलाई सोधेका थिए कि तपाईंको जीवनमा बायोपिक बन्यो भने मुख्य भूमिकामा को सुहाउँछ ? उनले जवाफमा भने, ‘मेरो निकै सरल र बोरिङ जीवन छ । ममाथि बनेको बायोपिक चल्दैन ।’

फिल्मीखबर, काठमाण्डौ, 2020-02-19, बुधवार

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको छेतेन गुरुङ र सन्तोष सेन निर्देशित यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को अहिले धमाधम विदेश राइट्स विक्री भैरहेको छ । हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ५१ लाखभन्दा बढी मूल्यमा फिल्म विक्री भएको थियो । यसबीच, यूके र यूरोपका आठ देशका लागि पनि फिल्म विक्री भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-19, बुधवार

फिल्ममा भिन्न प्रकारका भूमिका गर्न लोभिने अभिनेत्री हुन्, सुरक्षा पन्त । फिल्मी करिअरको सुरुवाती दिनमा प्रायः अभिनेत्रीहरु चुनौतीपूर्ण भूमिका निर्वाहा गर्न तयार हुँदैनन् । सुरक्षाले भने दोस्रो फिल्म ‘धनपति’ मै एक सन्तानको आमाको भूमिका निर्वाहा गरिन् । र, प्रशंसा पनि बटुलिन् । त्यस्तै, यस वर्ष प्रदर्शनमा आएको हरर फिल्म ‘घर’ मा उनी दर्शक तर्साउने भूमिकामा थिइन् । 

फिल्मीखबर, काठमाडौं, 2020-02-19, बुधवार

जीवन्त अभिनयका कारण कलाकार बुद्धि तामाङ दर्शकमाझ निकै लोकप्रिय छन् । रंगमञ्चबाट अभिनय यात्राको थालनी गरेका उनी ‘मेरी बास्सै’ मा अभिनय गरेपछि रातारात चर्चामा आए । यो सिरियलमा उनले बोलेको ‘हैट’ थेगो धेरै दर्शकको मुखमा झुण्डियो । त्यसपछि उनको माग नेपाली फिल्ममा ह्वात्तै बढ्यो । अहिले उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुने गर्दछ ।

एजेन्सी, मुम्बई, 2020-02-18, मंगलवार

अभिनेता शाहरुख खान गएको एक वर्षदेखि फिल्मबाट टाढा छन् । उनी पछिल्लो पटक फिल्म ‘जीरो’ मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा असफल भएपछि उनी हच्किएका छन् । अब, उनी फिल्म छनोटमा हतार गर्ने पक्षमा छैनन् । यसबीच, उनले ‘मिस्टर इन्डिया’ को दोस्रो पार्टमा काम गर्ने फाइनल भएको खबर प्राप्त छ । फिल्ममा अभिनेता रणवीर सिंह पनि हुनेछन् । 

Results : 8347 - 8352 of 23766
Most Visited News (monthly)