Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8353 - 8358 of 23766
फिल्मीखबर, काठमाडौं, 2020-02-18, मंगलवार

सामाजिक विषयवस्तुमा बनेको प्रद्युम्न मिश्र निर्देशित फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ । यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बालगायत फिचर्ड छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-18, मंगलवार

‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने कलाकार पनि हुन् । उनले गाइजात्रामा हास्य प्रहसन, टेलिसिरियलमा अभिनय र नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी शोको सञ्चालन समेत गरेका थिए । तर, नेपालमा सुरक्षित भविष्य नदेखेर अमेरिका हानिएपछि उनी अभिनयबाट टाढा भए । यद्यपि, उनलाई पुनः अभिनयमा फर्किएको हेर्न चाहने दर्शक धेरै छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-18, मंगलवार

विदेश मोह त्यागेर स्वदेशमै गाईपालन गरेर बसेको एक युवकको कथा पेश गरिएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ह्याट्रिक गरेको छ । फिल्मले तीनवटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायांकन जुरी अवार्ड प्राप्त गर्‍यो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-18, मंगलवार

नेपालको तर्फबाट अस्कार अवार्डमा समेत सहभागिता जनाएको विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डबल ह्याट्रिक अर्थात् ६ वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । सोमवार समापन फेस्टिभलमा फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-17, सोमवार

अभिनयमा पारंगत मानिने अभिनेत्री मिथिला शर्मा आफूले पाएको भूमिकालाई प्राण दिन कत्ति पनि कञ्जुस्याइँ गर्दैनन् । त्यसैले त उनी दर्शकको मनमा बस्न सफल छिन् । वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको फिल्म ‘विश्वास’ बाट रङ्गिन दुनियाँमा प्रवेश गरेकी उनी पछिल्लो समय नेपाली फिल्ममा अभिनेता वा अभिनेत्रीको आमाको भूमिकामा देखिने गरेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-17, सोमवार

चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ । ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित फिल्मको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अष्ट्रेलियन डलर (नेपाली १९ लाख १८ हजारभन्दा बढी) मा खरिद गरेको हो । सोमवार बाबा कन्सल्टेन्सीले निर्माता अर्जुन कुमारसँग कागजी सम्झौता गरेको छ ।

Results : 8353 - 8358 of 23766
Most Visited News (monthly)