Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनील शेट्टीको अर्बौंको साम्राज्य

एजेन्सी, मुम्बई, 2020/08/11
 
बलिउडमा अन्नाको नामबाट चर्चित सुनील शेट्टी मंगलबारबाट ५९ वर्षका भएका छन् । ११ अगस्ट १९६१ मा जन्मिएका उनले तीन दशक लामो फिल्म करिअरमा एक्सन र कमेडी हिरोको रुपमा आफ्नो पहिचान बनाएका छन् । ‘बलवान’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘गोपी किशन’, ‘हेरा फेरी’ जस्ता कयौं उम्दा फिल्म दिएका छन् । उनी बस्सिङमा ब्ल्याक बेल्ट पनि हुन् । 
 
अभिनेत्री सोनाली बेन्द्रेको सुनील शेट्टीसँग क्रश थियो । ‘टक्कर’, ‘सपूत’, ‘कहर’ जस्ता फिल्ममा रोमान्स गरेपछि सोनालीले सुनील शेट्टीलाई मन पराउन थालेकी थिइन् । तर, फिल्ममा आउनुभन्दा अगाडि नै सुनीलले विवाह गरिसकेका छन् । यही कारण उनले मनको कुरा व्यक्त गर्न सकिनन् । अभिनेता गोविन्दाले एक अन्तर्वार्तामा सोनालीले सुनीललाई मन पराउने कुरा बताएका थिए । 
 
फिल्ममा आफ्नो अलग स्थान बनाएका सुनील शेट्टीसँग होटल म्यानेजमेन्टको डिग्री पनि छ । बलिउडसँगै साउथ फिल्ममा पनि काम गरिसकेका उनी १० मिलियन डलरभन्दा बढी सम्पत्तिका मालिक रहेको बताइन्छ । उनको मुम्बईमा करोडौं-अर्बौंका होटल र रेस्टुरेन्ट छन् । उनले कपडाको विजनेशसँगै पपकर्न इन्टरटेनमेन्ट नामक फिल्म प्रोडक्सन हाउस पनि चलाउने गरेका छन् ।
 
‘खेल’, ‘भागमभाग’ र ‘रक्त’ जस्ता फिल्म निर्माण गरिसकेका सुनील शेट्टी मुम्बई हिरोज क्रिकेट टीमका क्याटेन पनि हुन् । उनलाई अभिनेता बन्ने कहिल्यै चाहना थिएन । उनी क्रिकेटर बन्न चाहन्थे । सन् १९९१ मा माना कादरीसँग विवाह गरेका उनी दुई सन्तान (अथिया र अहान) का पिता हुन् । उनकी छोरीले बलिउडमा कदम राखिसकेकी छन् भने छोराले पनि चाँडै डेब्यू गर्दैछन् ।
Most Visited News (monthly)