Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रजनीकान्तका लागि श्रीदेवीले राखेकी थिइन् सात दिनको उपवास

एजेन्सी, मुम्बई, 2020/08/13
 
के तपाईंहरुलाई थाहा छ ? स्वर्गीय अभिनेत्री श्रीदेवीले साउथ फिल्मका सुपरस्टार रजनीकान्तको स्वास्थ्य लाभको काम गर्दै सात दिनसम्म उपवास राखेकी थिइन् । सन् २०११ मा फिल्म ‘राणा’ को छायांकनको क्रममा रजनीकान्तको स्वास्थ्य विग्रिएको थियो । उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएको थियो । उनलाई भारतबाट सिंगापुरको एक अस्पतालमा रिफर गरिएको थियो । 
 
रजनीकान्तको उपचार भइरहँदा श्रीदेवीले सात दिनसम्म उपवास राखेकी थिइन् र पुणेमा साईं बाबा मन्दिरमा गएर प्रार्थना पनि गरेकी थिइन् । श्रीदेवी र रजनीकान्तले थुप्रै फिल्ममा काम गरेका छन्, जसमा ‘मून्दरू मुदिचू’, ‘जोनी’ आदी छन् । बिहीवार श्रीदेवीको ५७औं जन्मदिन हो । उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्दै श्रीदेवीलाई सम्झिएका छन् । 
 
अभिनय र नृत्य कौशलका कारण आफ्ना प्रशंसकलाई प्रभावित गर्न कहिल्यै विफल नभएकी श्रीदेवीको निधन भएपछि उनको परिवारमा बोनी कपूर र दुई छोरी जान्हवी र खुशी कपूर छन् । जान्हवी एक अभिनेत्री हुन् । उनले ईशान खट्टरसँग फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । हालै उनी अभिनीत फिल्म ‘गुञ्जन सक्सेना’ ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।
Most Visited News (monthly)