Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीता पनि गायिका

फिल्मीखबर, काठमाण्डौ, 2020/08/15
 
नेपाली फिल्मका अभिनेत्रीहरु गायिका बन्ने क्रम जारी छ । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङलगायतले गीतमा आवाज भरेर गायिकाको परिचय पनि बनाइसकेका छन् ।  तर, अभिनेत्रीहरुको गायन कलालाई दर्शक-स्रोताले भने खासै रुचाएको पाइएको छैन । न त उनीहरुले गायनलाई निरन्तरता नै दिन सकेका छन् । 
 
यसबीच, अर्की एक अभिनेत्री गायिका बनेकी छन् । बाल्यकालदेखि नै फिल्म अभिनयमा सक्रिय रहेकी नीता ढुंगानाले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो पनि निर्माण गरेकी छन् । शनिवार राजधानीको एक गणेश मन्दिरमा भिडियोको छायांकन भइरहेको छ । 
 
आफूले गाएको भजनको भिडियोमा उनी स्वयं देखिने छिन् । नीताले आफ्नो नाममा खडा गरेको नीता फिल्मस्बाट फिल्म पनि निर्माण गर्दैछिन् । समुन्द्र भट्टले निर्देशन गर्ने फिल्ममा उनको सोलो लगानी रहनेछ । फिल्ममा उनको जोडी कोशिश क्षेत्रीसँग बाँधिनेछ । कोरोनाको अन्त्यपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । फिल्मको कथा कोशिशले लेखिरहेका छन् ।
 
नेपाली फिल्म क्षेत्रमा स्वच्छ छवि बनाएकी नीता अभिनयमा उम्दा मानिन्छिन् । तर, उनको प्रमुख भूमिका रहेका प्रायः फिल्मले निर्मातालाई मुनाफा दिलाउन सकेका छैनन् । तथापि, फिल्मको असफलताले उनको करिअरमा भने खासै ठूलो असर पारेको छैन । लगातार फिल्ममा काम गर्दै आइरहेकी उनको अहिले युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग नाम जोडिएको छ । 
Most Visited News (monthly)