Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोनी लिभरको संघर्ष : मुम्बईको सडकमा कलम बेच्थे

एजेन्सी, मुम्बई, 2020/08/14
 
चर्चित कमेडियन जोनी लिभर शुक्रवारबाट ६३ वर्षका भएका छन् । सन् १९५७ अगस्ट १४ मा जन्मिएका उनी यूनिक स्टाइलमा कमेडी अभिनय गर्नका लागि प्रख्यात छन् । उनले ‘दीवाना मस्ताना’ र ‘दूल्हे राजा’ जस्ता फिल्ममा जबरजस्त कमिक रोल निभाएका छन् । तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले ‘दर्द का रिश्ता’ बाट अभिनय करिअर सुरु गरेका थिए ।
 
उनको जन्म तेलुगु क्रिश्चियन फेमिलीमा भएको थियो । मुम्बईको किङ सर्किल एरिया (धाराभी) मा हुर्के-बढेका उनले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अधुरैमा पढाई छाड्नु परेको थियो । घरको स्थिति देखेर उनले मुम्बईको सडकमा पेन (कलम) बच्न थालेका थिए । त्यसपछि उनले म्यूजिकल शोजमा स्ट्यान्डअप कमेडीको रुपमा प्रस्तुती दिन सुरु गरेका थिए ।
 
अमिताभ बच्चनसँग सन् १९८२ को टूर उनका लागि निकै विशेष रह्यो । यही सोजको क्रममा अभिनेता अभिनेता सुनील शेट्टीले उनको प्रतिभा देखेर फिल्म ‘दर्द का रिश्ता’ अफर गरेका थिए । यो फिल्मपछि उनले ‘जलवा’ मा काम गरे । तर, उनलाई पहिलो सफलता ‘बाजीगर’ बाट मिलेको थियो । बलिउड इन्डस्ट्रीमा आफ्नो दर्विलो उपस्थिति जनाएका उनी दुई सन्तानका पिता हुन् । 
 
‘बाजीगर’, ‘बादशाह’, ‘तेजाब’, ‘सूर्य’, ‘काला बाजार’, ‘बन्द दरवाजा’, ‘किशन कन्हैया’, ‘हमला, ‘चमत्कार’ लगायतका फिल्ममा जीवन्त अभिनय पस्किएका उनलाई भारतको पहिलो स्ट्यान्डअप कमेडियन भन्ने गरिन्छ । उनले अहिलेसम्म १३ पटक भारतको प्रतिष्ठित फिल्मफेयर अवार्ड प्राप्त गरिसकेका छन् । पछिल्लो केही वर्षयता भने उनले स्वास्थ्यका कारण फिल्म गरेका छैनन् ।
Most Visited News (monthly)