Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाँच पाण्डव’मा इभा गिरीको प्रवेश, कसको बनिन् जोडी ?

फिल्मीखबर, काठमाडौं, 2026/03/29

Eva Giri

 

दुई सातादेखि पूर्वको झापा जिल्लामा फिल्म ‘पाँच पाण्डव’को छायांकन चलिरहेको छ । वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्ममा निर्माताले छायांकनकै क्रममा थप दुईजना कलाकार भित्र्याएका छन् । फिल्ममा प्रशान्त ताम्राकार र इभा गिरी अनुबन्धित भएका हुन् । आइतबारबाट उनीहरूले आफ्नो भागको छायांकन सुरू गरिसकेका छन् । 

छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रशान्त जुँगासहित शिरमा टोपी लगाएर आकर्षक लुक्समा देखिएका छन् । इभालाई भने हल्का सेतो रंगको कुर्थामा देख्न सकिन्छ । निर्माण पक्षले दुवैको भूमिकाबारे भने जानकारी गराएको छैन । अभिनयको हिसाबले इभाको यो दोस्रो फिल्म हो । कन्टेन्ट क्रिएटरको रुपमा चिनिएकी उनले ‘नमेटिने घाउ’बाट फिल्ममा डेब्यू गरेकी थिइन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको यस फिल्ममा प्रशान्त र इभासहित हरिवंश आचार्य, जितु नेपाल (मुन्द्रे), आर्यन सिग्देल, महेश त्रिपाठी, सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरिरहेका छन् । 

निर्देशक निरौलाले फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । फिल्ममा महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को विम्बलाई प्रयोग गर्दै समकालीन समाजको यथार्थ कथा भनिने उनले बताए ।