Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अल्लू अर्जुनको नयाँ फिल्म ‘राका’, फर्स्टलुकमा यस्तो देखिए

एजेन्सी, काठमाडौं, 2026/04/08

Allu Arjun

 

‘पुष्पा’का दुई श्रृंखलाको सफलतापछि अभिनेता अल्लू अर्जुन अब ‘जवान’ निर्देशक एटलीको नयाँ फिल्ममा देखिँदैछन् । उनीहरूले सहकार्य गर्ने तय भएपछि फिल्मको अस्थायी नाम ‘एए ट्वान्टी सिक्स-ए सिक्स’ राखिएको थियो । अब भने फिल्मले स्थायी नाम पाएको छ । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम ‘राका’ रहने जानकारी दिएको हो ।

अल्लूको ४४औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा उनी फरक र डरलाग्दो लुक्समा देखिएका छन् । जंगली भालुको जस्तो देखिने लामो नङ र रौँले ढाकिएको पञ्जाले उनले आफ्नो आधा अनुहार छोपेका छन् । टाउकोमा उनको कपाल पनि आधा मात्र देखिन्छ । उनको यो लुक्सले पात्रलाई रहस्यमय, आक्रामक र प्रभावशाली बनाएको छ । 

‘राका’मा अल्लू अर्जुनको जोडी दीपिका पादुकोणसँग बाँधिनेछ । उनीहरूले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । रश्मिका मन्दना, मृणाल ठाकुर, जान्हवी कपूर, राम्या कृष्णन र योगी बाबुको पनि अभिनय रहने बताइएको यस फिल्मको निर्माण लागत भारु ४ सय करोड अनुमान गरिएको छ । निर्माताले फिल्मको भिएफएक्सका लागि सबैभन्दा ठूलो बजेट छुट्याएका छन् । 

एटलीले ‘राका’लाई फिल्म मात्र नभइ आफ्नो सपना भनेका छन् । ‘यो प्रोजेक्ट मेरो दिलसँग एकदमै नजिक छ । ‘राका’को विचार मसँग करिब १८ वर्षदेखि जोडिएको छ । यो केवल फिल्म मात्र होइन, एउटा सपना हो,’ उनले हालै एक अन्तर्वार्तामा भनेका छन् । ‘राका’ भारतीय फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाउने दिशामा ठूलो कदम सावित हुने उनको विश्वास छ ।

Most Visited News (monthly)