Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकी प्रहरीमा सागरविरुद्ध मुद्धा दायर

फिल्मीखबर, काठमाडौं, 2026/04/09

sagar lamsal

 

बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ एक सातादेखि नेपाल प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध कुनै उजुरी नपरेका कारण प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरिरहेको छ । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यस्तैमा सागरविरुद्ध अमेरिकी प्रहरीमा लिखित जाहेरी परेको छ । पीडित स्वयंले अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)मा जाहेरी दर्ता गरेकी हुन् । घटना अमेरिकामै भएकाले पीडितले त्यहीँ जाहेरी दिएकी हुन् । जाहेरीसँगै अमेरिकी प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ । अब नेपाल प्रहरीसँगको सहकार्यमा सागरको पक्राउ, बयान र अनुसन्धान हुनेछ ।

गत शुक्रबार ती युवतीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसकै आधारमा नेपाल प्रहरीले शुक्रबार साँझ बूढानीलकण्ठबाट उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनलाई शुक्रबार पुनः म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लैजाने तयारीमा प्रहरी छ ।

राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी विष्ट थरकी ती युवतीले करिब एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् । उनले सागरलाई फेसबुकमा मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन् ।

Most Visited News (monthly)