Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२०८२ मा ७१ लाखले हेरे फिल्म, बक्स अफिसको आकार २ अर्ब १९ करोड

फिल्मीखबर, काठमाडौं, 2026/04/07

nepali movie

 

२०८२ सालमा हलमा गएर फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष ७१ लाखभन्दा बढीले हलमा फिल्म हेरेका छन् । अघिल्लो वर्षको तुलनामा दर्शक संख्या घटेको भए पनि यो निराशाजनक भने होइन । ७१ लाखमा नेपाली फिल्म हेर्ने दर्शकको संख्या मात्र ३७ लाख ८१ हजार ५४४ छ । 

यस वर्ष विदेशी फिल्म हेर्ने दर्शकको संख्या पनि नेपाली फिल्म हाराहारी नै देखिएको छ । बोर्डको तथ्यांक अनुसार ३३ लाख २२ हजार ७५७ जनाले हलमा गएर विदेशी फिल्म हेरेका छन् । विदेशीभन्दा ४ लाख ५८ हजारभन्दा बढीले नेपाली फिल्म हेरेको भए पनि व्यापारमा नेपालीभन्दा ३ करोड १४ लाख ९ हजार ८३९ रुपैयाँले विदेशी फिल्म अगाडि देखिन्छ । 

यस वर्ष नेपाली बक्स अफिसको आकार भने गत वर्षको भन्दा लगभग १८.९ प्रतिशत (५१ करोड)ले खस्किएको छ । अघिल्लो वर्ष २ अर्ब ७० करोड रहेको नेपाली फिल्म बजारको आकार यस वर्ष २ अर्ब १९ करोड ९१ लाख रुपैयाँमा सीमित रह्यो । यसमा नेपाली फिल्मको योगदान १ अर्ब ८ करोड ३८ लाख रुपैयाँ छ भने विदेशी फिल्मको कमाइ १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ छ । 

यस वर्षको व्यापारमा सबैभन्दा ठूलो हिस्सा विदेशी फिल्मले ओगटेको देखिन्छ । ‘कान्तारा २’, ‘धुरन्धर’, ‘धुरन्धर २’, ‘हाउसफुल ५’, ‘अवतार ३’, ‘सैयारा’ जस्ता फिल्मले मात्र नेपालमा ५० करोडभन्दा बढी कमाएका छन् । नेपालीतर्फ ‘परान’, ‘आ बाट आमा’, ‘जेरी अन टप’ लगायतका फिल्मले पनि लोभलाग्दो कमाइ गरे । समग्रमा २०८२ साल व्यापारको हिसाबले सुखद् नै बनेको देखिन्छ ।

Most Visited News (monthly)