Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकारलाई लाग्यो चुनाव, कुन पदमा को छन् आकांक्षी ?

फिल्मीखबर, काठमाडौं, 2026/04/13

fnj

 

फिल्म विधामा सक्रिय पत्रकारहरूलाई यतिबेला चुनावी रौनकले छोएको छ । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेलाई तय भएसँगै विभिन्न पदमा चलचित्र पत्रकारहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् । यसपटक सबैभन्दा रोचक प्रतिस्पर्धा अध्यक्ष र महासचिव पदमा हुने देखिन्छ । यी दुई पदमा आकांक्षी धेरै देखिएका छन् ।

अध्यक्ष पदमा पत्रकार राजन घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोही पदमा वर्तमान अध्यक्ष समीर बलामी पनि आकांक्षी देखिएका छन् भने यसै पदमा पूर्व उपाध्यक्ष विष्णु सुवेदी र हालका सचिव नवीन गिरीको नाम पनि चर्चामा छ । यद्यपि, राजनबाहेक अरुले अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । 

कार्यक्रम उपाध्यक्ष पदमा भने कुमार आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । संगठन उपाध्यक्षमा हालका महासचिव रघुनाथ सापकोटा उठ्ने पक्का भएको छ । अहिलेसम्म यी दुवै पदमा अरुको उम्मेदवारी आएको छैन । महिला उपाध्यक्ष पदमा सुष्माश्री कार्की र विना श्रेष्ठको नाम चर्चामा छ । तर, उनीहरू दुवैले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । 

यस्तै, महासचिवमा मनिष कार्की, गोपीकृष्ण चापागाईं, पवन भट्टराई र सिपी जैसीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो पदमा पवनबाहेक अरुले उम्मेदवारी घोषणा गरिसकेका छन् । सचिव पदमा मदन रिजाल र सुरेन्द्र थापाले प्रतिस्पर्धा गर्ने भएका छन् भने समावेशी सचिवमा महम्मद जलिम उठ्दैछन् । अहिलेसम्मको अवस्था हेर्दा यस पदमा महम्मद निर्विरोध हुने देखिन्छ । 

कोषाध्यक्ष पदमा अन्जान दाहाल (मनिष)ले उम्मेदवारी घोषणा गरेका छन् । यही पदमा निशा बजगाईंको नाम पनि चर्चामा छ । सह-कोषाध्यक्ष पदमा प्रणव सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । एक समावेशीसहित ८ जना सदस्यमा भने अहिलेसम्म रतन बहादुर चन्द, यूवर्ण पौडेल (पूजा), दीपराज महतारा, नवीन चापागाईं र सालिकराम न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । 

Most Visited News (monthly)