Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’को ‘झ्याम पारम’ गीत : विजय र वर्षाको बिहेमा सविन र एलिसाको नृत्य

फिल्मीखबर, काठमाडौं, 2026/04/20

Bijay Baral, Barsha Raut

 

गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । फिल्मका अघिल्ला दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा निर्माण पक्षले सोमबार लोकलयमा आधारित उक्त गीत सार्वजनिक गरेको हो । 

युवायुवतीबीचको प्रेम र आकर्षणलाई समेटिएको गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । उनीहरूले यसअघि फिल्म ‘हिजो आजका कुरा’मा समावेश चर्चित गीत ‘माया जदौ’मा सहकार्य गरेका थिए । गीतमा राजेन्द्र थापाको शब्द रचना छ भने राजनराज सिवाकोटीको संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ । 

गीतको भिडियोलाई फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउतको विवाहको माहोलमा तयार पारिएको छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा मेक्सम गौडेल, डान्सर सविन कार्की (बीस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । सविन, एलिसा र रोशित फिल्मको यस गीतमा मात्र देखिनेछन् । 

प्रकु पाण्डेयको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय, वर्षा र मेक्समसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, राज पङ्गेनी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । 

वैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । फिल्ममा महेश पौडेलको छायांकन तथा रोमी मोजेजको सम्पादन रहेको छ । रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।

 

Most Visited News (monthly)