Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल भित्र्याइयो रितेश देशमुखको ‘राजा शिवाजी’

फिल्मीखबर, काठमाडौं, 2026/04/22

raja shahaji

 

बलिउड अभिनेता रितेश देशमुखको महत्वाकांक्षी फिल्म मानिएको ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । नेपालका लागि फिल्मको वितरण अधिकार नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले लिएका हुन् । मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजीको जीवनमा आधारित यो फिल्म मे १ (वैशाख १८ गते) प्रदर्शनमा आउँदैछ । 

नेपालमा प्रदर्शन भएकै दिन वितरक कम्पनी नेओमले काठमाडौंमा फिल्मको विशेष शोको पनि आयोजना गर्ने भएको छ । नरेन्द्र वेदका अनुसार विशेष शोमा भारतीय दूतावासका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सेलिब्रेटीहरू सहभागी हुनेछन् । यो फिल्म भारत र नेपालबीचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने माध्यम भएको उनको भनाइ छ । 

यस फिल्मलाई रितेश स्वयंले निर्देशन गरेका हुन् भने उनी आफैँले शिवाजीको भूमिकामा अभिनय गरेका छन् । उनीसँगै जेनेलिया डिसुजा, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन, बोमन इरानी, महेश मान्जरेकर लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा अभिनेता सलमान खानको समेत विशेष भूमिका रहेको जनाइएको छ । 

रितेशले यो फिल्मबाट आफ्ना छोरा राहिल देशमुखलाई पनि अभिनयमा डेब्यू गराएका छन् । यसमा राहिलले छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निभाएका छन् । जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्मको बजेट एक सय करोड भारतीय रुपैयाँभन्दा बढी रहेको जनाइएको छ । यो मराठी र हिन्दी भाषामा निर्माण भएको छ ।

Most Visited News (monthly)