विकास आचार्यको फिल्म रिदमले काठमाण्डूका तीन मल्टिप्लेक्समा रिलिजको एकाउन्न दिन पुरा गरेको छ । २०६८ मा रिलिज भएको लुटको एकाउन्न दिन र २०६९मै रिलिज भएको शायदले सोही बराबरको सफलता मनाएको थियो भने त्यस पश्चात एकाउन्न दिन मनाउन रिदम सफल भएको हो ।
मोफसलमा चाहि एक महिना सम्म यो फिल्म चलेको थियो । यध्यपी काठमाण्डूका ख बर्गका मल्टीप्लेक्स गोपी, अष्टनारायण र गुणमा यो फिल्मले अझै केही हप्ता बिजनेस होल्ड गर्ने छनक देखाएको छ । आठौ हप्तामा पनि चल्दा रिदमले गोपीकृष्णमा हिजो देखि रिलिज भएको फिल्म हिम्मत टू पछिको सकेण्ड रेसियोमा बिजनेस गरेको देख्दा गोपीकृष्ण हलका प्रबन्धक एवं सो फिल्मका प्रोड्यूसर समेत रहेका प्रदीप दाहाल तीन छक्क छन् ।
यो रेसियो अष्टनारायणमा पनि जारी रहेको जानकारी हल सञ्चालकले दिएका छन् । 'एक हलका ब्यक्ति यो फिल्मका प्रोड्यूसर अनि अर्को हलका प्रोपाईटरका छोरा फिल्मको हिरो भएपछि यत्रो दिन जर्वजस्ती चलाईएको भन्ने आरोप पनि आयो मलाई तर दर्शकलाई कसैले पनि जर्वजस्ती डोर्याएर ल्याउन सक्दैन । त्यसकारण यो आरोप आरोप मात्र हो जुन आजको नतिजाले दिएको छ,' फिल्मीखबरको बजार हल्लामा स्पष्ट पार्न आग्रह गरेपश्चात निर्देशक आचार्यले आफ्नो तर्क राखे । रिदमका एक क्यारेक्टर शोहित मानन्धर अष्टनारयण हलका प्रोप्राईटर त्रिरत्न मानन्धरका छोरा भएका कारण आचार्यलाई यस्तो आरोप लागेको थियो ।
३७ लाख बजेटमा निर्मित यो फिल्मले हलबाट नाफा १५ लाख माथि शेयर लग्ने प्रारम्भीक रिपोर्ट छ । यस्तै डिभिडी राईट तथा म्यूजिक तर्फको सिआरबीटी रोयल्टीबाट थप १५ लाख र करिब ३० लाखको हाराहारिमा फिक्स भएको ईन्टरन्यशनल शोको डिलले निर्देशक आचार्यको खुट्टा अहिले भुईमा छैन ।
यो फिल्ममा शोहित सहित लिड रोलमा वील्सन बिक्रम राई, जीवन लुईटेल, निष्मा घिमिरेको साथमा स्वेता भट्टराई, नीर शाह र बाल कलाकार अनुभव रेग्मीले खेलेका छन् । रिदम गत फाल्गुन २५ देखि देशब्यापी रिलिजमा आएको हो ।
रिदमको बिषयमा फिल्मीखबरमा सार्वजनिक भएका केही मुख्य न्यूजहरु

