Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर १८ मा सर्‍यो ‘सिन्दुरे जात्रा’, पोस्टरमा भावुक देखिए विजय र अञ्जना

फिल्मीखबर, काठमाडौं, 2026/11/06

SINDHUREJATRA-POSTER.jpg

 

काठमाडौं । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि मंसिर ४ गते प्रदर्शन हुने भनिएको फिल्म अब दुई सातापछि सरेको छ । अर्थात् मंसिर १८ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको छ । यो मितिमा दयाहाङ राई अभिनीत फिल्म ‘रातो घेरा’ पनि छ ।

निर्माण पक्षले शुक्रबार फिल्मको नयाँ प्रदर्शन मितिसहित फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य जोडी विजय बराल र अञ्जना बराइली देखिएका छन् । अञ्जना विजयको छातीमा टाँसिएर रोइरहेकी देखिन्छिन् । विजयको आँखामा पनि आँसु देख्न सकिन्छ । यसले उनीहरूबीचको भावनात्मक सम्बन्धमा फिल्म आधारित रहेको संकेत गर्छ ।

सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय र अञ्जनासहित विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियार, राकेश खड्का, युना खड्कालगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई नेम महर्जनले निर्माण गरेका हुन् ।

निर्देशक पौडेल स्वयंको कथा तथा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ ९बाबु०को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन् ।