मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(214 votes, avg 4.94/5.00)
Text size:-
+
-

रिदम स्पेशल स्क्रिनिङ : फिल्म अब्बल रहेको प्रतिक्रिया

फिल्मीखबर, काठमाण्डौ, 2013/03/04

'टेक्टिकल पक्षमा देखिएका केही स–साना कमजोरीहरुलाई यो फिल्म हेर्दा माफ दिन सकिन्छ किनकी नेपाली राजनीतिलाई ब्यग्य प्रहार गरेर यस किसिमको फिल्म अहिले सम्म बनेको थिएन,' आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुने तयारीमा रहेको रिदम फिल्मको स्पेशल स्क्रिनिङ प्रश्चात बरिष्ठ साहित्यकार रमण घिमिरेले फिल्मीखबरलाई प्रतिक्रिया दिदै भने ।


गोपीकृष्ण थिएटरमा सोमबार दिउँसो रिदम हेर्न रमण सहित बरिष्ठ साहित्यकार तुलसी दिवस, रंगकर्मी अशेष मल्ल तथा बरिष्ठ फिल्मकर्मी हरिहर शर्मा, राजेन्द्र शलभ, बरिष्ठ पत्रकार हरिहर विरही, कबिर राणा लगायतका बरिष्ठ ब्यक्तित्वहरुको उपस्थिती थियो जसले रिदम समय सापेक्षको उत्कृष्ट फिल्म भनेका छन् । 'म फिल्मलाई दशमा दश दिन्छु,' रमण घिमिरेले रिदमको रेटिङ गरे ।

 

यस्तै तुलसी दिवसले पनि रमणको हाराहारीमा रिदम आफ्नो मूल्याकंनमा पर्ने बताए । यता अशेष मल्ललाई पनि रिदमले भावुक बनाईदियो । उनले मुख्यत आफूलाई यो फिल्मले राष्ट्रगान याद गर्न बाध्य बनाएको बताए । फिल्मको बारेमा प्रतिक्रिया दिंदै मल्लले भने- 'केहि कमिकमजोरी त छन् तर जुन बिषयबस्तु निर्देशकले उठाएर प्रस्तुत गर्नुभएको छ त्यो प्रशंशा योग्य छ । एउटा राम्रो फिल्म हेर्न पाएकोमा म आज निकै खुसी छु ।'
 


स्पेशल स्क्रिनिङमा पुगेका बरिष्ठ निर्देशक राजेन्द्र शलभले धेरै पछि नेपाली फिल्म हेर्दा आँशु झरेको बताए । यध्यपी रेटिङको कुरा गर्दा ७ देखि ८ नम्बर भित्र आफूले रेट गर्ने उनले बताए । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेललाई पनि फिल्मले आँशु झार्न बाध्य बनाईदियो । उनले फिल्म हेर्दा पटक पटक आँखाबाट आँशु थाम्न नसकेको प्रतिक्रिया दिएका छन् । उनीसंगै रिदम हेरेका चलचित्र संघका महासचिव प्रदीप उदयलाई पनि फिल्मले निकै भावुक बनायो । धेरै पछि नेपाली मनको र नेपाली पनको फिल्म हेरियो भन्ने प्रतिक्रिया दिएका छन् उनले ।  



बिकास आचार्यको निर्देशनमा तयार भएको यो फिल्ममा जीवन लुईटेल, नीर शाह, विल्सन विक्रम राई, स्वेता भट्टराई, सोहित मानन्धर, निश्मा घिमिरे र बालकलाकार अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ । राष्ट्रियताको कथाको साथमा प्रेमकथालाई समेत बुनिएको यो फिल्म यहि फाल्गुन २५ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्मलाई वान टाईम सिनेमाको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् ।