Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(314 votes, avg 4.99/5.00)
Text size:-
+
-

दर्शकको रूवाईमा निर्माताको हाँसो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/11

नेपाली फिल्मका निर्माताहरू रोईरहेको अवस्थामा फिल्म 'रिदम'का निर्माता प्रदीप दाहालको मुहारमा भने हाँसो प्रस्ट झल्किएको देखिन्छ । हल भित्र दर्शक फिल्ममा डुबेर रोईरहेको अवस्थामा निर्माता दाहाल भने काउण्टरमा टिकट बिक्री हेर्दै हाँसिरहेका छन् ।

 

गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'रिदम' हेरेर दर्शकहरू आँशु पुछ्दै निस्किरहेको देखिन्थ्यो । फिल्म हेरेका अधिकांश दर्शकले कथाबस्तुले मन छुँदा मन थाम्न नसकेको बताएका छन् । यता दर्शक रोईरहँदा निर्माता दाहाल भने फिल्म राम्रोसँग चलिरहेकोमा हर्षित छन् । माउथ पब्लिसिटीले फिल्म हिजो भन्दा आज र आज भन्दा भोली अझ राम्रो हुने भन्दै निर्माता दाहालले आफूलाई यो फिल्मले हौसला दिएको बताए ।

 

यता फिल्मका निर्देशक विकास आचार्य पनि आफ्ना अघिल्ला फिल्म भन्दा यो फिल्मलाई दर्शकले बढि रूचाएकोमा दंग छन् । नेपाली पनको कथा र नेपाली मुटुलाई छुने कथा भएकाले दर्शकको मनोवेग आँखामा झल्केको निर्देशक आचार्यको भनाई छ । फिल्मका अभिनेता विल्सन विक्रम राईले पनि नेपाली पनको फिल्म भएकाले दर्शकले रूचाएको बताए । यता अष्ट्रेलियाबाट नेपालमा आफ्नो फिल्मको प्रतिक्रिया बुझिरहेका नायक जीवन लुईटेलले पनि दर्शकले देखाएको मायाले उत्साहित बनाएको बताए । यहि बुधबार नेपाल फर्कन लागेका जीवनले नेपाल आए लग्गतै रिदमको पब्लिसिटीमा जुट्ने बताए ।

 

बिकाश आचार्यले लेखन एवं निर्देशन गरेको फिल्ममा जीवन लुइँटेल, निर शाह, विल्सन बिक्रम राई, श्वेता भट्टराई, निष्मा घिमिरे, सोहित मानन्धर र अनुभव रेग्मीको अभिनय रहेको छ । फिल्मका गीतमा बसन्त सापकोटाले सुमधुर संगीत भरेका छन् ।

 

राजधानीको चावहिल स्थित गोपीकृष्ण हलमा दर्शकसँग फिल्म रिदमको बारेमा लिईएको प्रतिक्रिया यस्तो छ -