Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिन्दुरे जात्रा’को ‘बाँसैको सुप्लाखे’ गीतमा विजय र अञ्जनाको नृत्य

फिल्मीखबर, काठमाडौं, 2026/11/08

Bijay Baral, Anjana Baraili

 

काठमाडौं । आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिन्दुरे जात्रा’को पहिलो गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रशान्त सिवाकोटीको संगीत तथा सुरज गैरे विवशको शब्द छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतले प्रेममा रहेका जोडीको भावनालाई व्यक्त गरेको छ । 

स्मृति तिमिल्सिनाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विजय बराल र अञ्जना बराइली देखिएका छन् । उनीहरूले प्रेमिल भावमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोको अन्तिममा विजयले लुकाएर अञ्जनालाई रुमाल चिनो दिएको दृश्यले उनीहरूबीच भर्खर प्रेम अंकुराएको संकेत गर्छ ।

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको विजय र अञ्जनासहित विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियारलगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई नेम महर्जनले निर्माण गरेका हुन् ।

निर्देशक पौडेल स्वयंको कथा तथा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ ९बाबु०को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन् ।