Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 595 - 600 of 23507
फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २९, बिहिवार

‘कार्साङ’का निर्देशक यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायांकन पूरा भएको छ । फिल्मको ३५ दिनमा एक गीतबाहेक अन्य दृश्यहरूको छायांकन मंगलबार सकिएको हो । काभ्रेको बल्थली र मकवानपुरको चित्लाङ क्षेत्रमा छायांकन भएको फिल्मको बाँकी एउटा गीत समय अनुकूल पारेर चाँडै खिचिने निर्देशक शेर्पाले बताए । 

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २९, बिहिवार

टिकटकबाट चर्चामा आएर म्यूजिक भिडियोमा सफल मोडलको रुपमा स्थापित उषा उप्रेती अब फिल्म अभिनयमा केन्द्रित हुने मनस्थितिमा देखिएकी छन् । केही महिनाअघि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको फिल्म ‘आचार्य’मा अनुबन्धित भएकी उनले अब दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ सम्झौता गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २९, बिहिवार

इन्द्रजात्राको छेको पारेर आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर छ । नरेन्द्र वियोगीले गीतको एरेञ्ज गरेका हुन् । 

फिल्मीखबर, अमेरिका, २०८२ श्रावण २९, बिहिवार

अभिनेता सुवास थापाले अमेरिकामा पनि फिल्म निर्माणमा हात हालेका छन्। यसअघि नेपालमा रहंदा “बिर्खेलाई चिन्छस्” फिल्म निर्माण गरेका अभिनेता थापाले सर्ट फिल्म ‘फ्रेनीया’ निर्माण गरेका हुन्। 

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २८, बुधवार

तिहारको छेको पारेर आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को छायांकन सुरु भएको ६ महिना बढी भइसकेको छ । तर, अझै छायांकन सकिएको छैन । यतिबेला फिल्मको टिम एक गीत खिच्न भारतको राजस्थानमा पर्ने प्रख्यात सहर जयपुर पुगेको छ । बुधबारबाट त्यहाँ रोमान्टिक गीत खिच्न थालिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८२ श्रावण २८, बुधवार

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार अभियानलाई थप सशक्त बनाउन निर्माण पक्षले ठूलो पुरस्कार राशीको नृत्य प्रतिस्पर्धा घोषणा गरेको छ । आगामी भदौ पहिलो साता सार्वजनिक हुन लागेको फिल्ममा समावेश ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ गीतमा पाँच लाख राशीको प्रतिस्पर्धा घोषणा गरिएको हो ।

Results : 595 - 600 of 23507