Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’मा सविनको प्रवेश, हिरो कि भिलेन ?

फिल्मीखबर, काठमाडौं, 2026/05/06

sabin shrestha

 

आगामी जेठ पहिलो साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘आ बाट आमा २’मा यतिबेला कलाकार छनोट प्रक्रिया चलिरहेको छ । विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह र आकाश श्रेष्ठ अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेता सविन श्रेष्ठको प्रवेश भएको छ । निर्देशक चन्द्र पन्तले मंगलबार उनीसँग लिखित सम्झौता गरेका हुन् ।

सविन फिल्ममा नदेखिएको तीन वर्ष भइसकेको छ । पछिल्लो पटक उनी सन् २०२२ मा प्रदर्शन भएको फिल्म ‘म’मा देखिएका थिए । यसपछि उनले केही फिल्म सम्झौता गरे पनि ती निर्माण हुन सकेनन् । अब ‘आ बाट आमा २’बाट कमब्याक गर्न लागेका उनी यस फिल्ममा नकारात्मक भूमिकामा देखिन लागेको बुझिएको छ । यद्यपि, यसबारे स्वतन्त्र पुष्टि भने भएको छैन ।

असोज ३० गते (फूलपातिको अघिल्लो दिन)लाई प्रदर्शन मिति तय गरिएको यस फिल्मको गत सोमबार शुभ मुहूर्त भइसकेको छ । ललितपुरस्थित पाटन बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट र क्यामरा पूजा गरिएको थियो । गजित विष्ट र नरेन खड्काको पनि अभिनय रहने फिल्ममा अहिलेसम्म अभिनेत्रीको भने टुंगो लागेको छैन । 

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंको हो । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजरमा करण सिंह रहेका छन् । यो फिल्म अघिल्लो वर्ष प्रदर्शन भएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । 

Most Visited News (monthly)