Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्षित दर्शक भेट्न कक्षाकोठामै पुगे ‘रोल नं १’का कलाकार

फिल्मीखबर, काठमाडौं, 2026/05/06

roll no 1

 

नेपालमा धेरैजसो निर्मातालाई आफ्नो फिल्मको लक्षित दर्शक नै थाहा हुँदैन । फिल्मको कथा एउटा हुन्छ, तर प्रचार भने त्यो कथासँग चासो नै नराख्ने दर्शकमाझ गरिन्छ । जसले गर्दा फिल्मले हलमा अपेक्षित दर्शक नै पाउँदैन । फिल्मको कथाअनुसार लक्षित दर्शक पहिल्याएर त्यस अनुसार प्रचार गर्न नसक्नु नै अहिलेको मुख्य समस्या हो । 

तर, आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’ले भने आफ्नो लक्षित दर्शकमा मात्र केन्द्रित भएर प्रचार गरिरहेको छ । फिल्मको कथा बालबालिकामा आधारित छ, जुन टिजरबाट पनि प्रस्ट हुन्छ । यसैले फिल्मको टिमले यतिबेला मोफसलका विभिन्न स्कुलको कक्षाकोठामै गएर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई फिल्मबारे जानकारी गराइरहेको छ । 

‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा’ स्लोगन राखेर वैशाख २१ गतेबाट पूर्वी जिल्लामा सुरु भएको स्कुल प्रचार अभियान २५ वैशाखसम्म चल्ने निर्माता विनोद पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, दमक, विर्तामोडका विभिन्न स्कुलमा पुगेर फिल्मका कलाकारहरूले विद्यार्थीसँग अन्तरक्रिया गरिसकेका छन् । 

 

roll no 1


फिल्मको प्रचार अभियानमा निर्माता पौडेलसहित कलाकारहरू मुकुन भुसाल, रेणु योगी, कर्मा लामा, संगीतकार तथा गायक प्रशान्त सिवाकोटी लगायत सहभागी छन् । स्कुलहरूमा गायक सिवाकोटीले फिल्ममा समावेश गीत ‘रोल नं वान’मा सांगीतिक प्रस्तुति समेत दिने गरेका छन् । विद्यार्थीहरूलाई फिल्मको टिजर र गीत पनि देखाउने गरिएको छ । 

विद्यार्थीको मनोविज्ञानको कथामा आधारित यस फिल्ममा सुशांक मैनाली, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । जोन योञ्जनको निर्देशन तथा महेश दवाडीको लेखन रहेको फिल्ममा विनोद पौडेल र जान्वी पौडेल निर्मातामा छन् । विनोद कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता समेत हुन् ।

Most Visited News (monthly)